रन्जु श्रेष्ठ/ एमी अवार्ड विजेता अभिनेता जसवन्त देव श्रेष्ठ (फेस्टिभल) अभिनीत, “मुस्ताङ सेक्रेट्स बियन्ड द हिमालया” नामक नेपालको अन्नपूर्ण क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा छायांकन गरिएको ९० मिनेटको डकुमेन्ट्रीले जर्मनीमा आयोजित नेटुर्याले फिल्म फेस्टिबल २०२२को विशेष सम्मान Honourable Mention Award प्राप्त गर्न सफल भएको छ ।
यस डकुमेन्ट्रीमा हिमालपारीको जनजीवन , संस्कृति र अन्नपूर्ण हिमाली क्षेत्रको दुर्लभ झलकहरु प्रस्तुत गरिएको छ । निकै मनमोहक दृश्य र विषयवस्तु बोकेको यस डकुमेन्ट्री साच्चै नैं अन्तर्राष्ट्रिय पुरस्कारको हकदार पनि रहेको देखिन्छ ।
“हिमालय, प्रकृति, संस्कृति, साहसिक पर्यटन र नेपाललाई माया गर्ने सबै दर्शकहरूलाई लक्षित गरेर हिमालय पारीको मुस्ताङका रहस्यमय स्थलहरुको दृश्य कैद गरिएको यो डकुमेन्ट्री हेरेर प्राकृतिक सौन्दर्य र सादा मानव जीवनशैली देखेर विश्वका दर्शकहरू चकित हुनेछन्।” सुभाय् पोस्टसँगको कुराकानीमा अभिनेता जसवन्त बताउँछन् । अभिनेता जसवन्त देव श्रेष्ठ र बुद्धरत्न शेरचनले हिमालय पारिको मुस्ताङको रहस्यमय क्षेत्रमा भोगेको संघर्ष र रमाइलो दृश्य हेरी दर्शकहरुले नेपालका यी लुकेका ठाउँहरूमा गएर आफैं अनुभव गर्न प्रेरणा दिनेछ।
“मुस्ताङ” डकुमेन्ट्रीले यसअघि क्यालिफोर्निया फिल्म अवार्डमा ओर्सन वेल्स अवार्ड र उत्कृष्ट निर्देशकका लागि टेली अवार्ड सहित विभिन्न विधामा १५ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अवार्डहरू प्राप्त गरिसकेकोको छ।
अभिनेता जसवंतलाई जर्मनीमा आयोजित “NATOURALE 2022 फेस्टिभल” बाट डिसेम्बर ४ तारीखका दिन पुरस्कार प्रदान गरिएको हो । मुस्ताङ हाल अमेरिका र बेलायतमा अमेजन प्राइम भिडियोमा स्ट्रिम भइरहेको छ। सन् २०२३ मा यस डकुमेन्ट्रीको विश्वव्यापी रूपमा रिलीज गर्ने कार्यक्रम रहेको पुरस्कार विजेता जसवन्त श्रेष्ठले सुभाय् पोस्टका संवाददातालाई बताए ।
Trailer
https://www.youtube.com/watch?v=UBAsasvDOU
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५