सुभाय् संवाददाताOctober 25, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
जसले आफ्नो पूर्वजलाई गुलाम बनायो उनीहरूमाथि राजगर्दैछन् भारतीय मूलका ऋषि सुनक विश्व इतिहासकै निम्ति एक अद्वितीय क्षण बेलायतमा आज देखिएको छ । लन्डन /ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्। उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। उनी यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन्। दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन्। सुनकले के भने? डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका “केही गल्तीहरू” सुधार्ने काम “तत्काल सुरु हुने” बताएका छन्। उनले भने, “हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।” यूकेमा को बन्ला नयाँ प्रधानमन्त्री, कसरी हुन्छ निर्वाचन उनले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका “अभूतपूर्व उपलब्धिहरू”प्रति सधैँ धन्य रहने समेत बताए। ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन्। साभार : बिबिसी