• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

विस्मित ब्युँझाइ 


सुभाय् संवाददाताSeptember 28, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

म स्कूलमा पढ्दै गर्दा
मसँगै पढ्ने साथीको बुबालाई
एकाबिहानै विष्णुमतीले बगायो भन्ने खबर सुनेँ
ती वृद्ध दैनिक सखारै उठेर विष्णुमतीमा नुहाएर
अनि, बाटोभरि देउताहरु दर्शन गरेर मात्र केही खान्थे
कसैले भनेको मान्दैनथे, साह्रै जिद्दीवाल थिए !
काठमाडौंका पाँच–सात त्यस्तै जिद्दी भक्तहरुलाई
हरेक वर्ष वर्षातको मौसम पारेर गङ्गाले मुक्ति दिने गर्थिन् !
000
अहिले पनि आँखामा झल्झती आउँछ
कलेज पढ्दै गरेका हामी
साँझ घुम्दै घुम्दै बागमतीको किनार पुग्थ्यौं
त्यहाँ ढुंगा छापिएका सिँढीमा बसेर
घण्टौं गफिन्थ्यौं हामी ।
अरुले त्यहाँ एउटै नदी देख्थे
हामी दुइटा देख्थ्यौं
अरु पानी बगेको देख्छन्
हामी प्रेमको प्रवाह देख्थ्यौं
हाम्रा आत्मा नुहाइरहेका हुन्थे तिनमा
र घण्टौं घण्टौं पनि निमेष जस्तो बित्थ्यो
अनि अलौकिक विश्रान्तिको महसुस गथ्र्यौं हामी !
० ० ०
अब त हामीले आधा बैंस गुजारिसक्यौं ।
आज एकाबिहानै
मेरो नयाँ छिमेकी, जो आफूलाई सचेत ठान्छिन्
मेरो घरको घण्टी बजाउँछिन्
र भन्छिन्,
“जाऔं, बागमती सफा गर्न जाऔं” !

 

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑