• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

पूजाको फल


सुभाय् संवाददाताAugust 12, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

रिता महर्जन

बारीको कान्लामाथि घर, किराफट्याङ्ग्रा देखि जातजातका चराचुरुङ्गी आइराख्थ्यो। रातभर स्याल कराएर सुत्नै सकिन्न्थ्यो। तल खेत धानबाली हरिया भएर लहलह झुलेको देखिन्थ्यो। घर वरपर पनि हरिया मकै फलेको देखिन्थ्यो। तरकारीको त केही कमी नै देखिन्नथ्यो। यो हो पातलीको घर।
पातली नाम जस्तै जिउ पनि पातली थिइ पातली। तर घरमा काम उसको मात्रै हुन्थ्यो। मानौं त्यो घर र काम उसको मात्रै हो।
बिहान उठेर पूजापाठ गर्नु, घरमा खाना तयार गर्नु, सबैलाई खुवाउनु, खेतबारीको काम भ्याउनु, कहिलेकाही गाउँको महिला भेलामा जानु, काम पनि कति हो हो पातलीको। बिहान उठे देखि राती नसुते सम्म एकछिन फुर्सत हुन्नथ्यो उनलाई।
आज नागपञ्चमी भन्दै बिहानै चोखोनिधी गर्दै पुजापाठ सिध्याई। “कसैको अलिकति नी सहयोग छैन, यो घरां त मै मात्र हो कि के हो? कसैले त सहयोग गर्नु नी” भन्दै आफ्नो बुढा संग गनगन गर्न थाली।
ए बुढो जाउ न नाग टाँस्न सहयोग गरिदेउ। के खाटमा मात्र पल्टिराख्छौ? पातलीले आफ्ना बुढा संग गुहार मागिन् ।
सक्दिन सक्दिन, बिहानदेखिन के गनगन गरिरा भन्या? डिस्टर्व नगर, तँ जा के के गर्न मन लाग्छ गर। पुजापाठमा रम्ने तैं होस, बरु बिस्तारै गर्नु, बच्चाहरु पनि सुत्दै होला। पातलीलाई हक्कारेको स्वरमा भने उनका बुढाले
पातली आफै ढोकामा नाग टाँस्न गई। जानी नजानी पूजा गर्दै हरेक बर्ष झैं यसपटक पनि नाग छापेको कागज ढोकामा टाँस्दै थिइ। चोखो जल, अक्षता, टीका, दुबो, दूध हुँदै अन्तिममा धुपबत्ती गर्न लाग्दा कताकता बाट एउटा हरियो सर्प आफ्नै खुट्टा मुन्टिर देखिन।
बुढो ए बुढो…… पातली चिच्याई। के के न भो भनेर पातलीका बुढा हतारले मुख पुछ्ने रुमाल कम्मरमा बेरेर बाहिर निस्के। पल्लाघरे वल्लाघरेका छिमेकीहरु पनि झ्यालबाट हेर्दै थिए। सबैले “के भो के भो” भन्दै आत्मीयता देखाउदै थिए। तर पातली डरले केही बोल्नै सकिराखेको थिएन।
उत्निखेरै पातलीका बुढा पनि पातली भएको ठाँउ सम्ममा आइ पुगिसकेका थिए। त्यो सर्प त आँगनमै थिए। पातली किन कराई बुझ्न पातलीका बुढालाई समय नै लागेन। उ खित्का छोडेर हाँस्न खोजिराखेको थियो तर आफ्नी श्रीमतीको अगाडि हाँस्न सकिराखेको पनि थिएन।
ह्याँ…… लाटी कस्तरी कराएकी? आज नाग पञ्चमी तंलाइ दर्शन दिन आएको होला नी, पूजा गरेको फल पाउलिस् किन डराएकी? यस्तो गाउँघरमा यस्तो सर्पहरु आउनु कुन ठुलो कुरा भयो र? फेरि पहिलो चोटि देखेको पनि होइनस। पातलीका बुढाले पातलीलाई सम्झाउँदै थिए।
तर कता कता आज नागपञ्चमीको दिन आफ्नै खुट्टा मुनि सर्प नै देख्दा पातली खुब डराएकी थिइ । धुपबत्ती त बाल्नु नै थियो। डर आफ्नो हातबाट उछिटिएर धुपबत्ती कता गइगो गइगो पातली भुइँमा धुपबत्ती खोज्न थालिन् ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • बाखं मखुगु बाखं
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑