न्युयोर्क / विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइजेशन–डब्लुएनओ)को चौथो अधिवेशन नयाँ नेतृत्व चयनसहित समापन भएको छ । नयाँ अध्यक्षको रूपमा बेलायतमा बसी नेवाः अभियन्ताको रूपमा कार्य गर्दै आउनु भएका संयुक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
संयुक्त श्रेष्ठ , नवनियुक्त अध्यक्ष
वर्ल्ड नेवा: अर्गनाइजेसनको केन्द्रिय कार्यालय रहेको अमेरिकाको न्यूयोर्कमा गत शुक्रवारदेखि सोमबारसम्म भएको तीन दिने महाधिवेशनको अन्तिम दिन नयाँ अध्यक्ष भाजु संयुक्त श्रेष्ठलाई निवर्तमान अध्यक्ष भाजु सिजन श्रेष्ठले कार्यभार हस्तान्तरणपछि अधिवेशनको समापन भएको हो ।
लामो समय देखि लन्डनमा बसी नेपाल भाषा कला संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आउनु भएका संयुक्त श्रेष्ठ एक राम्रा अनिमेशन फिल्म मेकर पनि हुनुहुन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५