• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

“क्यान्डी” बौद्ध जगतको महातीर्थ र हिजो आजको श्रीलंका


सुभाय् संवाददाताJuly 12, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

“क्यान्डि” श्री बुद्धको महातीर्थ र हिजो आजको श्री लंका : फरक प्रसँग फरक बिचार   

मीरा राजभण्डारी अमात्य


“क्यान्डि” श्री बुद्धको महातीर्थ र हिजो आजको श्री लंका : फरक प्रसँग फरक बिचार
सन २०१२ मा एक अन्तरराष्ट्रिय सम्मेलनमा “गूड् गोभेर्नन्स एन्ड जोर्नालिजम” शिर्शकमा कार्यपत्र प्रस्तुत गर्न पुगेकी थिए । दिसेम्बर महिनामा पनि चर्को गर्मी खप्नु परेको “श्रीलन्का” को कहाली लाग्दो त्यो समय मेरो लागि अली फरक नै थियो । होतल ताजमा कार्य पत्र प्रस्तुत गरी रहंदा मैले श्रीलन्काको सुशान बारे खासै ज्ञान हासिल गरी सकेको थिइन । तर दिल्ली बिमान्स्थलमा बायु सेवाले मेरो लगेज हारै दिएर त्यो चर्को गर्मीमा एउटै लुगामा दुई दिन बस्नु परेको नमिठो घटना र बायु सेवा ले मेरो ब्यागेज खोज्न मद्घत नगरेको नमिठो घटना बाट राज्य सरकार को शुशान बारे टिप्पणी गर्दै कार्यपत्र प्रस्तुत गर्ने मौका चाँही मज्जा ले मिल्यो ।सम्भवत कार्यपत्र प्रस्तुत्र गरेको भोली पल्ट नै मेरो ब्यागेज हामी बसेको होस्तल स्लिडा सम्म सम्बन्धित बायु सेवा ले पुर्याइ देको घटना भने कम आनन्ददायी पनि बनेन । खासमा हामी विद्यार्थी लाई जब सम्म आफ्नो कार्यपत्र प्रस्तुत गर्न सकिदैन दाँया बाँयाँ हेर्ने फुर्सद पनि हुँदैन, एक किसिमको तनाब कायम नै रहन्छ भने आफ्नो ब्यागेज हराउनु अनी कार्य पत्र का लागि तयार अवस्था मा पनि रह्नु यो एक किसिम को दोहोरो तनाब थियो मेरो लागि । ब्यागेज मात्र होइन ल्यापटप को चार्जेर समेत् ब्यागेज मै परेको हुँदा त्यो पनि चार्ज गर्न पाइन मैले, धन्न ले पेन ड्राइभ् र मेल मा सुरछित राखेको कारण मैले आफ्नो कार्यपत्र प्रसुत गर्न लाई खास दु:ख गर्नु परेन । त कार्यपत्र सकिनु र कार्यक्रम समापन सँगसङै भयो पनि । बन मन्त्रालय का एक महिला अधिक्रित उनकी श्रीलन्कन साथी सँग कोलोम्बो घुम्न निस्किइयो । ट्याम्पु निर्वाध चल्ने कोलोम्बो शहरमा घुमी रहंदा समुद्र किनार र मुख्य शहर बिचो बिच बालुवा भरेको बोरा को बोरा हरु को पहाड जस्तै थुपारेको देखियो । यो के गरेको होला ति श्रीलन्कन मित्र सँग जिग्याँसा राखेँ । भर्खर तमिल टाइगर्सले युद्द बिराम गरेको बेला होला शायद मुख्य शहर भित्र बाट भरी बालुवा भरेका बोरा राख्नु को कारण बम ब्लास्ट भएमा कम भन्दा काम छ्यती होस् भन्ने रैछ । बाटा भरी पुलिस हावाल्दार हरु हिडि रहने , नयाँ मानिस् माथि खास खोजी निती गर्ने नजिक आएर बात् मार्ने तर निकै सालीन र भद्र रुपमा प्रस्तुत हुने उनिहरुको शैली ले खास मन छोयो । खाना लगभग नेवा नसा जस्तै लाग्ने जस्तो कि बोदी उसिनेको पारीकार कुखुरा पोलेर पकाएको अचार्, पिरो साँधेको आलू चटामरी जस्तै तर माटाका कराइ मा पकाएको हुँदा ठुलो कचौरा वा कराइकै आकारको नेवा खाना सम्झाउने पिरो त्यस्तै । अनी खास संस्कार पनि उस्तै लाग्ने । बिशेष ट्याम्पु चढ्ने बेला “मेरो भाडा त येति हो, तर हजुर मेरा साना बच्चाहरु छन पुग्दैन थपेर दिनुस् न है भन्दा भने नरमाइलो लाग्ने । पत्रकारहरु लाई भने एक किसिम ले राज्य ले पालेको जस्तो लाग्ने , अर्थात लाइसेन्स पाये पछी एउटा ल्याप्टप फ्री मा , छोराछोरी लाई मास्टर्स सम्म निशुल्क पढाई दिने सरकारकै जिम्मा त्यो भन्दा पनि अझ घर बनाउन बिस बर्ष सम्म शुन्य ब्याज दर मा रिन दिने राज्य सरकार को ब्यबस्था मेरो लागि सुशासन को राम्रो उदाहरण त थियो नै तर यो सानो देश को आर्थिक अवस्था कस्तो होला कसरी ३ प्रतिशत सम्म गिरी सकेको जिडिपि ९ प्रतिशत मा रातारात उक्लियो होला यहाँका सरकार र नागरिक ले कती मेहनत गरेको होला ति त्यस्ता आश्चार्य उब्जिन्थे मनमा । तर जे होस् श्री लन्काली जनता खुशी देखिन्थे , बजार सफा , फोहर ब्यबस्थापना अत्यन्त राम्रो , यातायात भाडा अत्यन्त सस्तो श्रीलंका मेरो लागि खास बन्यो त्यो भन्दा खास एक्लै ट्याम्पु चढेर दिनभरी डुलेर हिड्दा पनि निकै शुरछित महसुस गरेको रमाइलो छ्यन अनी बाटामा हिडि रहेका बटुवालाई लौ न मेरो फोटो खिची दिनुस् न भन्दै आग्रह गर्दा कहाँ बाट पाल्नु भो , हाम्रो कोलोम्बो जस्तै छ तपाईंको काठमाडौं ??? भनी सोध्द्दा “तिमीले क्याँडी मा सजाएको श्री बुद्धको माथिल्लो दांत छ नि त्यो हाम्रो देश मा जन्मिनु भएको श्री बुद्दको हो भन्ने मन हुन्थ्यो तर जे होस् ट्याक्कै त्यस्तो नभने पनि मा श्री बुद्ध जन्मेको देश बाट आएको हुँ भन्दा कम् गौरब महसुस गरिन अनी ति श्री लंकाली नागरिकले ओहो हो र भनी आश्चार्य र खुशी प्रकट गर्दा को छ्यन आनन्ददायी छन् पनि । त्यो बेला लाग्थ्यो अब श्री लंका को आर्थिक अवस्था बिस्तारै जापानको जस्तै हुँदै जाने छ ! तमील, सिंघाली, अङ्रेजी लगायतका चारवटा ल्याङ्वेजमा मिडिया सन्चालन गर्न सक्ने देश क्याँडी जस्ता श्री बुद्दको महा तीर्थ भएको देश आज आर्थिक संकट को चपेटामा परेको अनी नेताहरु दिन दहाडै कुटिएका घटना हरु अन्तरराष्ट्रिय बजारमा गर्माएको देख्दा नरमाइलो लागेको छ । अनि महामहिम राजादुत सुशिल चन्द्र अमात्य ले भने झै “द्वन्द असन्तोसहरु सम्बोधन गर्न सके देश उँभो लाग्न समय लाग्दैन भन्ने उदाहरण आजको श्री लंका हो” भन्नु भएको मैले लिएको उहाँको अन्तर्वाता ले मन कटक्क खाइ रहेछ आजको श्री लंकालाई नियाली रहँदा ।
फरक प्रसँग फरक बिचार को यो पाटो आज लाई यति नै

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑