उनी रामको खोजीमा थिइन मलाई थाहा थिएन । म राधाको खोजीमा थिएँ, यो कुरा उनलाई थाहा भएन सायद ।तर समयको बाटोमा हामी दुईको जम्काभेट भयो ।चिनजान बढ्यो । भलाकुसारी भयो । विचारहरुको आदानप्रदान भयो । एउटै बाटोमा हिँडिरह्यौं । उनको नजरमा म राम जस्तै लागेको हुनुपर्छ ।त्यस्तै मेरो नजरमा उनी राधा जस्तै लागिरह्यो ।केही समय पश्चात् हामीले एक अर्कालाई बुझेको जस्तो भयो । उनी सीता हुन चाहान्छिन् अन्तमा मैले यसरी बुझें । म कृष्ण हुन चाहेको कुरा सायद उनले पनि बुझिन् । र यतिखेर सम्म हामी एउटा दोबाटोमा आइपुगेका थियौं । यहाँ कुनै तेश्रो बाटो छँदै थिएन । मात्र दोबाटो थियो । दोधार थियो । दोहोरो चरित्र थियो सायद बितिरहेको समय थियो । सुर्यास्तको मधुरो छाया मुहारभरी छाउन थालेको थियो ।
अबेला होला होला जस्तो लाग्यो दुबैलाई र हतारमा
म लागें वृन्दाबनतिर , उनी लागिन अयोध्यातिर ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५