काठमाडौं / कोरोना महामारीलाई ध्यानमा राखी पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गरी मन्दिर बन्द गर्ने भएको छ । उसले जारी गरेको सूचनाको पूर्ण पाठ :-
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएको सन्दर्भमा मिति २०७८ माघ ४ गते राति १२ वजे देखि अर्को सूचना नभएसम्म लागु हुने गरि जिल्ला प्रशासन काठमाडौंले मिति २०७८ माघ ४ गतेको जारी आदेशको बुदाँ नंं ६ बमोजिम मन्दिर, मस्जिद गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्वत् २०७८ माघ मसान्त सम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गराउने गरी जारी भएको आदेश बमोजिम सूचनाको आदेश जारी मिति देखि श्रीपशुपतिनाथ, श्रीगुह्वेश्वरी लगायत पशुपति क्षेत्रका सबै मठ – मन्दिरहरुमा परम्परागत नित्य पुजा बाहेकका सम्पूर्ण क्रियाकलापहरु बन्द गरिएको व्यहोरा सर्वसाधारण लगायत श्रद्धालु भक्तजनहरु सबैमा यसै सूचनाद्धारा जानकारी गराईएको छ ।
-पशुपति क्षेत्र विकास कोष
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५