• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

पाटनमा अंशुवर्माको शिलालेख भेटियो !


सुभाय् संवाददाताDecember 24, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

हिसि ज्यापु ,ललितपुर / विश्व सम्पदा क्षेत्र पाटन दरबार क्षेत्रमा लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढलको निर्माण कार्यको निम्ति खन्ने क्रममा भीमसेन मन्दिर अगाडि बौद्ध विहार उल्लेख भएको महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको हो ।
शिलालेख लिच्छवि संवत ५३६ को रहेको र यो पुरानो नेवार लिपि ( लिच्छविकालिन लिपी ) तथा प्रौढ संस्कृत भाषामा लेखिएको छ ।
लिपि विज्ञ श्यामसुन्दर राजवंशीका अनुसार त्यस अभिलेखमा स्पष्ट रूपमा पढ्न सकिने अवस्थामा महासामन्त अंशुबर्माको नाम उल्लेख छ भने संवत ५३६ ज्येष्ठ मासे शुक्ल पक्ष भनेर उल्लेख गरिएको छ ।
यस शिलालेखको माथिल्लो भागमा धर्मचक्र र दायाँबायाँ श्रावक मृग कुँडिएका छन् । यी प्रतीक भनेको बौद्ध बिहारका प्रतीकका रूपमा लिइन्छ । यस शिल्लालेखमा उल्लेख भए अनुसार राजा वृषदेवले राज बिहार बनाएको उल्लेख छ ।
लिच्छवि संवत ५३६ भनेको सन ६१३ हो । नेपालको इतिहास अध्ययनका निम्ति यो अभिलेख निकै महत्त्वपूर्ण रहेको छ ।
यसमा राजा वृषदेवको इतिहास समेत उल्लेख छ । प्राचीन इतिहासको यो अहिले भेटिएका पुराना अभिलेखमध्य एक हो ।
नेपालको ऐतिहासिक दृष्टिकोणबाट तथा प्राचीन बौद्ध बिहारको ऐतिहासिक दृष्टिकोणबाट पनि यो अभिलेख निकै महत्त्वपूर्ण रहेको कुरा लिपि विज्ञ राजवंशी बताउँछन् ।
उहाँका अनुसार पहिले यस क्षेत्रमा बिहार रहेको र दरबार बनाउन मल्ल कालमा यस बिहारलाई अन्यत्र सारिएको भन्ने तथ्य यस प्रमाणले पुष्टि गर्ने बताए ।
इतिहासका एक ज्ञाताका अनुसार हालको पाटन दरबार क्षेत्रमा बौद्ध विहार रहेको मानिन्छ । मल्लकालमा विहार विस्थापित गरी दरबार बनाइएको विश्वास छ । दरबार क्षेत्रमा हालै फेला परेको १४ सय वर्ष पुराना शिलालेखले इतिहासको यो तथ्य पुष्टि गरेको छ ।
लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।
शिलालेख ६ फिट लामो छ । १५ पंक्तिको उक्त अभिलेखमा लिच्छवी संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्ष प्रष्ट अभिलेखमा वृषदेव कारितक भनेर राजा बृषदेवले राजविहार बनाएको उल्लेख छ ।
लिपिविज्ञ श्यामसुन्दर राजवंशीले शिलालेखको प्रारम्भिक अनुसन्धानबाटै दरबार क्षेत्रमा बौद्ध विहार रहेको पुष्टि भएको दाबी गरे । शिलालेखका केहि भाग बिग्रेको र अक्षर स्पष्ट नभएको कारण यसको थप अध्ययन गर्न र हरेक शब्दको अर्थ प्रस्ट्याउन केहि समय लाग्ने उनले बताए ।
शिलालेख हाल पाटन दरबारको मूल चोकमा राखिएको छ भने यसबारे जानकारी लिन आउनेहरुको भीड रहेको देख्न सकिन्छ । फोटो : नरेन्द्र मानन्धर                                                     भिडियो हेर्नुस् ,सौजन्य  बोधि टिभी

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑