• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी


सुभाय् संवाददाताDecember 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी करिब ५ देखि ६ हजारको सहभागिता हुनेगरी भृकुटीमण्डप परिसर तयारी अवस्थामा रहेको काठमाडौंको सभापतिसमेत रहनुभएका मञ्च व्यवस्थापन समितिका संयोजक सबुज बाँनियाले जानकारी दिनुभयो । बाँनियाको संयोजकत्वमा रहेको समितिमा ललितपुर र भक्तपुर जिल्ला सभापतिको पनि सहभागिता रहेकाे छ ।

कोरोना जस्तै संक्रामक रोगलाई मध्यनजर गर्दै एकैस्थलमा भीड हुन नदिन र सामाजिक दूरी कायम गरी महाधिवेशनस्थलमा सहभागी हुन प्रदर्शनीमार्गस्थित सडकमा दायाँ र बायाँ र अन्य स्थानमा पनि डिजिटल स्क्रिन राखिएको उहाँको बताउनुभयो । महाधिवेशनमा लाखाैँकाे सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ । यसबाहेक महाधिवेशनस्थलमा हेल्थ डेस्क, मास्क, स्यानिटाइजर, स्वास्थ्यकर्मी तैनाथ अवस्थामा रहनुहुने जनाइएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ । सो समयमा प्रदर्शनीमार्गमा अन्य सवारी साधानको आवातजावत बन्द हुने छ । महाधिवेशनको मञ्च निर्माणलगायत सम्पूर्ण लागतको विषयमा काँग्रेस केन्द्रीय कार्यालयले तय गरेको बाँनियाकाे भनाइ छ ।

यससहित राष्ट्रियसभा गृह, भृकुटीमण्डप र बन्दसत्र हुने स्थलमा मतदानस्थल रहने जनाइएको छ । महाधिवेशनमा ठूलो संख्यामा जनसहभागिता रहने हुँदा सबैलाई सहज हुने दृष्टिकोणबाट काठमाडौंको भृकुटीमण्डप रोजिएको उहाँ बताउनुहुन्छ । काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको झण्डा, ब्यानर र स्वागतद्वारले काठमाडौंको भृकुटीमण्डप परिसर सजिएको छ । काँग्रेस महाधिवेशनको आर्थिक सम्बन्धमा भने सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको छ ।(couretesy :gorakhapatra)

सम्बन्धित पोस्ट
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑