• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ – राष्ट्रपतिको आग्रह -लुम्बिनी बौद्ध विश्वविद्यालय १७ंऔं वार्षिकोत्सव विशेष


सुभाय् संवाददाताDecember 2, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १०९ मिनेट
रुपन्देही, मंसिर १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको आज समुद्घाटन समारोहमा उहाँले सो आग्रह गर्नुभयो ।
छब्बीस सय वर्षदेखि एशिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दैगएको उहाँले चर्चा गर्नुभयो । बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठन क्षेत्रमा अवलम्बन गर्नसके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उहाँले बताउनुभयो ।
“यसबाट हाम्रो महान बौद्ध सभ्यताको विरासतलाई भावीपुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्न सक्दछ । प्राज्ञिक विकासको पूर्वसर्त विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता हो, विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनु पर्दछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
हाम्रो मुलुकबाट ठूलो सङ्ख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने उहाँको भनार्इ छ । राष्ट्रपति भण्डारीले बौद्ध विश्वविद्यालयले लिएको आफ्नो लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले बुद्धद्वारा प्रवर्तित सामूहिकता र मानव प्रेमको भावना जागृत गराउनसके समाजमा विद्यमान स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्ने उल्लेख गर्दै बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्नरूपले जोडिएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
“उडिरहेको हाँसको पखेटामा तीर लागेर जमिनमा झरेको भेटेपछि बगैँचामा खेलिरहेका सिद्धार्थले जडीबुटीद्वारा त्यसको उपचार गरेको प्रसङ्ग बौद्ध शिक्षामा आउँछ । यसले एकातिर बुद्धमा रहेको दया र करुणाको भाव झल्काउँछ भने अर्कातिर उनमा बाल्यावस्थादेखि नै प्राणी र वनस्पतिसँग सान्निध्य रहेको स्पष्ट पनि पार्दछ”, उहाँले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले मुलुकको मौलिक परम्पराका रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समयसापेक्ष तुल्याउनुपर्ने सुझाव दिनुभयो । विशेषरूपमा कपिलवस्तु, रूपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक साँस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्वर्धन गर्न अग्रसर हुनुपर्नेमा उहाँको जोड छ ।
राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक साँस्कृतिक महत्वका वस्तु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्बद्ध निकायले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “विश्वसम्पदामा सूचीकृत लुम्बिनीका मूर्त तथा अमूर्त सम्पदा विश्वकै अमूल्य निधि भएकाले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायकोसमेत साथ लिन सकिन्छ भन्ने मलाइ लाग्दछ ।”
समारोहमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्धको शिक्षालाई व्यवहारमा उर्तानुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्ध शिक्षाले शान्ति र समानतालाई जोड दिएको जनाउँदै विश्वविद्यालयले सैद्धान्तिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर बौद्ध शिक्षालाई अनुसन्धानमा आधारित बनाउनेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक डा. गीतु गिरीले बौद्ध साहित्य, भाषा, शिक्षा तथा संस्कृतिको अध्ययन र अनुसन्धानका लागि अनुसन्धान केन्द्र खोलिएको जनाउँदै सोहीअनुसार काम अघि बढाइएको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सबैको साथ र सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको बताउनुभयो ।
curtesy: gorkhapatra
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑