• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन !


सुभाय् संवाददाताDecember 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २० मिनेट

प्रविन महर्जन ,लुम्बिनी /  लुम्बिनी बौद्ध विश्व विद्यालयको सत्रौं वार्षिकोत्सबको उपलक्ष्यमा आज मंसिर १५ गते बुधबार उसले प्रथम त्रियान प्रज्ञा सम्मेलनको आयोजना गरेको छ ।
त्रियान भन्नाले श्रावकयान, प्रत्येकबुद्धयान र सम्यकसम्बोधिलाई जनाउँदछ तर यहाँ त्रियान भन्नाले थेरवाद, महायान र बज्रयानलाई समावेश गरी त्यसभित्रको दर्शन र संस्कृतिलाई लिइएको छ । ती तीनयानभित्र आआफ्नै किसिमको पृथक शिक्षण पद्धति र संस्कृतिहरु रहेका छन् जसलाई उजागर गर्नु गराउनु वर्तमान परिपेक्ष्यमा अत्यन्त आवश्यक देखिन्छ । यसै कुरालाई मध्यनजर राखी लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा शान्ति, संमृद्धि र सद्भाव गर्दै अभिवृद्धिको भूमिका विषयक त्रियान प्रज्ञा सम्मेलन आयोजना गरेको हो ।
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा स्थापित यस विश्वविद्यालयको मूल उद्देश्य नै बौद्ध, दर्शन, साहित्य, शिक्षा र संस्कृतिलाई विश्वविद्यालय शिक्षाका माध्यमबाट संरक्षण, सम्बर्धन एवं प्रवर्धन गर्दै बौद्ध परम्परालाई वर्तमान विश्वमा शान्ति, करुणा, अहिंसा र बन्धुत्वको मूल्य र महत्वलाई स्थापित गर्न सान्दर्भिक र प्रभावकारी शैक्षिक प्राज्ञिक तथा अनुसन्धान कार्य गर्दै आएको छ ।

सम्मेलनको उद्देश्य
क) त्रियान ( थेरबाद महायान र बज्रयान) मा अन्तरनिहित बौद्ध शिक्षण पद्धतिको उजागर गर्नै
ख) समृद्धि विकासमा सहयोग पुर्‍याउने त्रियानमा रहेको संस्कृतिको पहिचान गर्ने
गोष्ठीका विषयवस्तु
१. बौद्ध संस्कृति र समृद्धि
थेरवाद बौद्ध संस्कृति र समृद्धि
महायान बौद्ध संस्कृति र समृद्धि
बज्रयान बौद्ध संस्कृति र समृद्धि
२. बौद्ध शिक्षण पद्धति
थेरवाद बौद्ध शिक्षण पद्धति
महायान बौद्ध शिक्षण पद्धति
बज्रयान बौद्ध शिक्षण पद्धति
यसैक्रममा आज दुईसत्रमा थेरवाद बुद्ध धर्म तथा महायान बुद्ध धर्मका विविध कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
पहिलो चरणमा थेरबाद बौद्ध धर्म विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
थेरबाद बौद्ध संस्कृति र समृद्धि विषयमा प्रतिवती गुरुमां तथा बौद्ध विद्वान मदनरत्न मानन्धर कार्यपत्र द्वारा प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी थेरबाद बौद्ध शिक्षा पद्धति विषयमा प्रा डा संकिच्च महास्थविरबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरको अध्यक्षतमा भएको थियो ।
त्यसपछि महायानी कार्यपत्र प्रस्तुत गरिए ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदय रत्न बज्राचार्यको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा डा. रमेश ढुंगेल लोपेन कर्मा यान्चेन , आचार्य साकि शेर्पाद्वारा महायान बौद्ध संस्कृति र समृद्धि विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महायान बौद्ध शिक्षण पद्धति विषयमा डा तेन्जिङ भुतियाद्वारा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सभा अध्यक्ष गरिरहनु भएका उपकुलपति प्रा डा हृदय रत्न बजारचार्यद्वारा धन्यबाद ज्ञापन पत्र हस्तान्तरण तथा गर्नुभएको थियो ।

भोलि बिहानको शेसनमा बज्रयान कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम हुनेछ ।
प्रज्ञा सम्मेलनको उद्घाटन  उक्त विश्वविद्यालयका पूर्व कुलपतिद्वय प्रा.डा. त्रिरत्न मानन्धर तथा प्रा. डा. नरेशमान बज्राचार्यद्वारा पानसमा  दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा शिक्षा मन्त्री दीप कुमार उपाध्याय , विश्वविद्यालयका डीन माणिकरत्न शाक्य  खेम्पो  जिग्डोल लगायतका गन्यमान्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।    त्रियान प्रज्ञा सम्मेलनको क्रममा भएको सांस्कृतिक कार्यक्रममा भक्तपुरबाट गुंला बाजा ,काठमाडौबाट धिमे बाजा, शान्ति शाक्य , राजु शाक्यबाट चर्या नृत्य , लुम्बिनीबाट अवधी नाच प्रस्तुत गरिएको थियो ।


सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑