• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

आज प्रथम त्रियान प्रज्ञा सम्मेलन हुँदै – लुम्बिनी बौद्ध विश्वविद्यालय १७औं वार्षिकोत्सब विशेष


सुभाय् संवाददाताNovember 30, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रविन महर्जन ,लुम्बिनी / लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा ४ दिने कार्यक्रम अन्तर्गत मंसीर १४ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । यसैक्रममा स्वास्थ्य शिविर तथा  “शान्ति, समझदारी तथा दिगो विकासका लागि पत्रकारिता” विषयक  कार्यशाला गोष्ठी कार्यक्रम पनि आयोजना गरिएको छ ।
स्वास्थ्य शिविर शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा हर्ट टु हर्ट नेपालको समन्वयमा विश्वविद्यालयले आयोजना गरेको थियो । शिविरमा केन्द्रका विशेषज्ञ चिकित्सकहरुद्वारा लुम्बिनीका विभिन्न विहार, गुम्बाका भिक्षु गुरुमां, लामागुरुहरु, विश्वविद्यालयका सदस्यहरु लगायत स्थानियहरु बासिन्दाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा “शान्ति समझदारी तथा दिगो विकासका लागि पत्रकारिता” विषयक कार्यशाला गोष्ठीमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यद्वारा बौद्ध दृष्टिकोणमा विश्व शान्ति र सम्बृद्धि विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका मूख्य प्रशिक्षक लामो समय पत्रकारिता गरिसक्नु भएका कुन्दन अर्याल हुनुहुन्थ्यो ।
विश्वविद्यालयका अन्तर्राष्ट्रिय संयोजक संजिव हुमागाईंद्वारा पत्रकारिताको संरचनामा आएको परिवर्तन र विश्वसनीयता बारे सहजीकरण गर्नुभएको थियो ।
विश्वविद्यालयलये आफ्नो १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज मंसिर १५ गते बुधबार  बुद्ध धर्मका तीनै यानलाई लिएर “प्रथम त्रियान प्रज्ञा सम्मेलन” हुँने कार्यक्रम रहेको छ । साथै बुद्ध मूर्ति प्रतिष्ठापन तथा दीप प्रज्वलन कार्यक्रम पनि गरिने छ ।  यसैगरी भोलि मंसिर १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मूल कार्यक्रम हुनेछ भने  पुस्तकालय भवन उद्घाटन लगायतका कार्यक्रम पनि गरिने भएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑