भैरहवा / भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गरिएको छ ।
म्यान्मारबाट लुम्बिनीलाई प्राप्त जेड स्टोन (White Jade Buddha Statue ) बुद्ध मुर्ति केही दिन अगाडि लुम्बिनीमा शोभायात्रा गरी भव्य स्वागत गरिएको थियो । स्पेनमा बन्न लागेको लुम्बिनी गार्डेन फाउन्डेसन तथा लुम्बिनी सांस्कृतिक नगर पालिकाको संयुक्त प्रयासमा यो बुद्धमूर्ति प्रतिस्थापन गरिएको हो । यो बुद्ध मूर्तिको मूल्य लगभग दुई अरब रुपियाँ मूल्यको रहेकोे छ ।
अनावरण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यता भएको थियो । त्यसैगरी का.बा. प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाण,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको विशिष्ट आतित्थ्यता स्पेन एक्त्रेरेमादुरा प्रदेशक सभामुखको विशिष्ट आतित्थ्यता, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद के सि, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठि लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षता, भएको थियो ।
आयोजकले यस ऎतिहासिक एवम् महत्त्वपूर्ण कार्यक्रमले लुम्बिनी गार्डेन फाउन्डेसन र बुद्ध सङ्ग सम्बन्धित पालिका एवम् लुम्बिनी वरिपरिका अन्य पलिकाको सहकार्यमा सर्बोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार गर्न, बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन र विश्वभर शान्तिको कामना गर्न विभिन्न कार्यक्रममा सहकार्य गर्न , लुम्बिनी र नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने बिचार व्यक्त गरिएको थियो ।
बुद्ध मुर्तिको स्वागत र परिक्रमा एवम् अनावरण कार्यक्रममा सिद्धार्थ होटेल व्यावसायी संघ , लुम्बिनी होटेल व्यवसायी संघ लगायत संघ संस्थाको सहयोग रहेकोे थियो । लुम्बिनी नगरका मेयर मनमोहन चौधरीद्वारा मूर्ति प्रतिस्थापनमा सहयोग गर्नुहुने , मार्ग दर्शन प्रदान गर्नुहुने सबै संघ संस्था र महानुभाहरुम हार्दिक आभार प्रकट गरेको छ ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा एकातिर स्वयम्भू महाचैत्य र अर्कोतिर यस्तो बहुमूल्य बुद्धमूर्ति स्थापना गरि बुद्धमय बनाउन प्रयास भएको देखिन्छ । यो निकै सर्हाहनीय कार्य हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५