• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

भारत आठौँ पटक च्याम्पियन, नेपाल सार्कको पावर हाउसकाे हैसियतमा


सुभाय् संवाददाताOctober 17, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

प्रजित शाक्य

काठमाडौँ, असोज ३० गते । दक्षिण एसियाली फुटबलमा नेपाल सँधै एक सशक्त टिमको रूपमा रहिआएको छ । त्यसैले दक्षिण एसियाली क्षेत्रको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिन्सिपलाई नेपालले सँधै आफ्नाे प्रतिष्ठाको विषय बनाएको हुन्छ । तर यो प्रतियोगिता नेपालको प्रदर्शन कहिल्यै राम्रो भएन । यद्यपि यसपटक माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो । त्यसपछि नेपालसमक्ष पहिलो पटकको फाइनलमा प्रवेशमा नै परम्परागत प्रतिद्वन्द्वी भारतलाई हराएर अर्को इतिहास बनाउने अवसर प्राप्त थियो ।
तर साफ च्याम्पियन्सिपमा सँधै दबाब बनाउँदै आएको भारतले शनिबार राती नेपाललाई ३–० ले हराएर साफ च्याम्पियन्सिपमा नयाँ विजेताको उदय हुन दिएन । यद्यपि यस प्रतियोगिताले दक्षिण एसियाली फुटबलमा नेपाल एक पावरहाउस हो भन्ने सिद्ध भएको छ ।
कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षकत्वमा रहेको नेपालले यसपालि आप्mनो छवि उच्च पार्न सफल भएको छ । यसपटक साफ च्याम्पियन्सिपमा भारतसँग मात्र नेपाल पराजित भयो । फाइनल पुग्ने क्रममा नेपालले आयोजक तथा गत विजेता माल्दिभ्स र श्रील्ङ्कालाई हराएको थियो । नेपालले बङ्गलादेशविरुद्ध भने बराबरीमा खेल्यो ।
भारत आठौँ पटक च्याम्पियन
भारतले साफ च्याम्पियन्सीपको उपाधि जितेको यो आठौँ औँ पटक हो । भारतले २००३ मा बङगलादेशमा भएको साफ च्याम्पियन्सिपबाहेक अन्य सबै संस्करणमा फाइनल खेलेको छ । यसैगरी नेपालको भारतसँगको जितविहीन यात्रा दश खेल पुगेको छ । सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियन्सिपपछि नेपालले भारतलाई हराउन सकेको छैन ।
दुई मिनेटमा खेल परिवर्तन
मध्यान्तरपछि प्रारम्भ भएको खेलको सुरुवातमै भारतले दुई मिनेटमा दुई गोल गरी खेल लगभग आप्mनो पक्षमा पार्यो । खेलको ४८ औँ मिनेटमा मैदानको दायाँ भागबाट प्रितम कोटलले गरेको क्रसमा भारतको कप्तान सुनील क्षेत्रीले पावरफुल हेडरमार्फत् गोल गरी भारतलाई अगाडि पार्नुभयो । दुई मिनेटपछि नै यासिर मोहम्मदले डिबक्स भित्रबाट नै दिएको पासमा सुरेश सिंहले बल गोलपोस्टमा छिराएर नेपालको साफ च्याम्यियन बन्ने सपना कमजोर पारिदिनुभयो । त्यसपछि खेलको ९० औँ मिनेटमा स्थानापन्न खेलाडी सहल अब्दुल समादले डिबक्स भित्रनै उत्कृष्ट ड्रिब्लिङपछि गोल गरी भारतको जित पक्का गर्नुभयो ।
यसअघि, लिग चरणमा भारतविरुद्ध अति रक्षात्मक खेल खेलेर आलोचित बनेको नेपालले फाइनलमा भारतविरुद्ध सुरुदेखि आक्रामक रणनीतिमा खेलेको थियो । फाइनलमा अघि एक महिनाभित्र दुई मैत्री र लिग चरणमा एक खेल खेलेकोले पनि नेपाललाई भारतको खेलबारे राम्रो ज्ञान थियो । पहिलो हाफको धेरै समयमा वर्ष भएपछि दुवै टिमलाई खेल्न गाह्रो भयो तर पनि नेपाल र भारतले इन्ड टु इन्ड फुटबल खेले । जसले गर्दा पूर्वाद्र्धमा गोल नभएपनि खेल रोमाञ्चक बनेको थियो । दुवै टिमले गोल गर्ने कैयौँ अवसरको सिर्जना गरेका थिए । खेलको चौथो मिनेटमा नेपालको गोलरक्षक किरण चेम्जोङको डबल सेभले नेपाललाई जोगायो । डिबक्सबाहिरबाट यासिर मोहमम्दले गरेको प्रहार किरणले विफल पारेपनि फेर्कर आएको बलमा अनिरुद्ध थापाले नजिकबाट हान्ने अवसर प्राप्त गरेका थिए । तर त्यो प्रहारलाई पनि किरणले गोलपोस्टमा छिर्नबाट रोक्नुभयो ।
खेलको छैटौँ मिनेटमा सुमन लामाको प्रहार भारतका गोलरक्षक गुरु प्रीत सिंह सिन्धुले जोगाएपछि नेपालले गोल गर्न सकेन । सो प्रहारमा गुरप्रीतबाट फर्केर आएको बलमा नवयुग श्रेष्ठले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो । यसअघि, नवयुगले डिबक्समा रहेकै बेला गोलपोस्टमा माथि प्रहार गरेर गोल गर्ने अवसर खेर फाल्नुभएको थियोे । यी आक्रमणसँगै नेपालले आज भारतविरुद्ध दबाबमा नखेल्ने संकत गरेको थियो । खेलका १७ औँ रोहित चन्द गोलपोस्ट नजिकै चिप्लिँदा खुल्लारुपमा बल प्रहार गर्ने अवसरबाट वञ्चित हुनुभयो र नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमायो । उराद्र्धमा रोहितको हेडर गोलपोस्टमा लागेर फर्केपछि पनि नेपाल निराश बनेको थियो ।
प्रशिक्षकको अन्तिम खेल
कुवेती प्रशिक्षक अब्दल्ला अल्मुतारीको यो नेपालका लागि अनितम खेल पनि हो । प्रशिक्षक अल्मुताइरीले नेपाल फाइनलमा पुगेपछि भारतविरुद्धखेलको नेपालको प्रशिक्षकको रुपमा उहाँको अन्तिम खेल हुने बताउनुभएको थियो ।
रोहितले उछिने विराजलाई
रोहित चन्द शनिबार खेलेर ७४ अन्तर्राष्ट्रिय खेलसहित नेपालका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा दोस्रो स्थानमा उक्लिनुभयो । उहाँले पूर्व कप्तान विराट महर्जनलाई उछिन्नुभएको हो । रोहितभन्दा बढी नेपालका कप्तान किरण चेमजोङले मात्र सर्वाधिक खेल (७९) खेल्नुभएको छ ।(साभार: गोरखापत्र अन्लाईन ,  लेखक गोरखापत्र दैनिकका खेलकूद शाखा प्रमुख हुनुहुन्छ)

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑