• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

काठमाडौंको मुटुमा ये“ देय् सांस्कृतिक छे“


सुभाय् संवाददाता October 11, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / हनुमानढोका दरबार परिसरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको धर्मपथस्थित कामपाको पुरानो भवन रहेको खाली जग्गामा अब काठमाडौंकै पहिचान प्रतिबिम्बत हुने गरी सांस्कृतिक भवन बनाउने योजना अघि सारिएको छ । ‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन कामपा २२ वडास्थित पुरानो भंसार टोलमा निर्माण गरिने छ । हाल खुल्ला पार्किंगको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना) रहेको छ ।
पूर्ण रुपले काठमाडौंको मल्लकालीन वास्तुशैलीमा आधारित भई निर्माण गरिने उक्त सांस्कृतिक भवनको बीचमा परम्परागत बहाल शैलीमा निर्मित एक चोक पनि रहने छ । भवनमा विभिन्न प्रकारका काष्ठकलाले भरिएका कलात्मक झ्यालहरू जडित हुनेछन् ।
काठमाडौँ महानगरपालिका कला, संस्कृति, वास्तुकला एवं मूर्त-अमूर्त सम्पदामा निक्कै नै धनी शहरका रुपमा विश्व समक्ष प्रख्यात छ । हालको बढ्दो शहरीकरण तथा बदलिँदो जीवन शैलीसँगै सम्पदा संरक्षणको अभावले गर्दा यहाँ विद्यमान महत्वपूर्ण धरोहरहरू क्रमशः लोप हुने अवस्थामा रहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै काठमाडौंको परम्परागत कला, संस्कृतिको विविधता र भावनाको बारेमा जानकारी संकलन र सम्प्रेषण तथा सम्पदा प्रवर्धन गर्ने उद्देश्यले यस ‘येँ देय् सांस्कृतिक छेँ’को अवधारणा प्रस्तुत गरिएको हो ।
यो भवनको प्रयोग काठमाडौं बारे अध्ययन अनुसन्धान गर्ने बौद्धिक एवं प्राज्ञिक कार्यको लागि गरिने छ । यहाँ काठमाडौं बारे कुनै पनि प्रकारको जानकारी प्राप्त गर्न सकिने सूचना केन्द्र, काठमाडौं उपत्यकाको कला, संस्कृति, वास्तु, भाषा, जाति सम्बन्धी पुस्तक एवं शोधग्रन्थहरू संग्रहित रहेको पुस्तकालय, फिल्म, डकुमेन्ट्री आदि जस्ता सामग्रीहरू रहने छन् । आवश्यक अनुसन्धाताहरूले त्यहीं बसी ती सामग्रीहरूको अध्ययन गर्न सक्छन् । साथै त्यहाँ साना गोष्ठी एवं सेमिनारहरू सञ्चालन गर्ने हल पनि रहनेछ ।


भवनको तल्ला विभाजन अनुसार भुइँतल्लामा आगन्तुक कक्ष, चीबाहाः सहितको मुल चोक, हाम्रो काठमाडौँ बजार, पर्यटक सूचना केन्द्र, बहुउद्देश्यीय हल, क्याफे, कोसेली घर, प्रदर्शनी कक्ष जस्ता स्थानहरू रहने छन् । पहिलो तल्लामा काठमाडौँ संग्रहालय, दुई वटा श्रव्य–दृश्य हलहरु, बैठक कक्ष रहने छ । दोस्रो तल्लामा काठमाडौँ संग्रहालय, एउटा श्रव्य–दृश्य हल र बैठक कक्ष रहने छ । तेस्रो तल्लामा काठमाडौँ पुस्तकालय, बैठक कक्ष, शौचालय रहने छ भने चौथो तल्लामा काठमाडौँ उत्पादनहरू सम्बन्धी अनुसन्धान र विकासको लागि कार्यकक्ष रहने छ ।
समय सापेक्ष ढंगबाट काठमाडौँ महानगरपालिकाको पहिचान बोकेका कुनै पनि वस्तुहरुको ब्रान्ड प्रवद्र्धन तथा बिस्तार गर्ने उद्देश्यले यहाँ ‘हाम्रो काठमाडौँ बजार पसल’ रहने छ । त्यहाँ काठमाडौंमा उत्पादन भएका विभिन्न सामग्रीहरू बिक्री वितरण गरिने छ ।
यो पूरै भवन वातावरण मैत्री तथा अपाङ्ग मैत्री हुनेछ । साथै कामको स्वरुप अनुरुप आन्तरिक कार्यक्षेत्रको योजना गरी समन्वकारी कार्यकक्षलाई प्रोत्साहन हुने गरी खुला योजनाको अवधारणा अनुरुप डिजाइन गरिएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूले यहाँ आई काठमाडौं सम्बन्धी कुनै पनि प्रकारका जानकारीहरू हासिल गर्न सक्दछन् ।
काठमाडौं महानगरपालिकाले नगरको तल्लो भेगको इतिहासलाई जीवन्त बनाउन त्यस क्षेत्रको पनि अध्ययन गर्ने उद्देश्य लिएको छ । लिच्छविकालमा दक्षिण कोलिग्रामका नामले परिचित यस क्षेत्रमा अझै पनि लिच्छविकालीन र मल्लकालीन सांस्कृतिक सम्पदा, शिलालेखहरू प्रशस्त पाइएका छन् । त्यसको अनुसन्धान गरी यसको केन्द्रका रूपमा पनि येँ देय् सांस्कृतिक छेँलाई प्रयोग गर्न सकिने योजना बनाइएको छ ।
यो कलात्मक भवनको निर्माणले उक्त क्षेत्रको स्वरुपलाई नै नयाँपन दिनुका लागि काठमाडौंको अध्ययन अनुसन्धान कार्यलाई पनि यसले नयाँ आयाम दिने विश्वास लिइएको छ ।

सम्बन्धित पोस्ट
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन
  • सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑