काठमाडौं/ घटस्थापनाको दिन काठमाडौंमा कलाको एक नौलो महोत्सव आयोजना गरिएको छ । नेपालको मौलिक परम्परागत कला तथा कन्टेम्पोररी कलाको लाईभ पेन्टिङ गरेर कलाकारहरुले आफ्ना सृजनाहरु प्रस्तुत गरिरहेका थिए । दृष्य निकै मनमोहक थियो । सबै दर्शकका आँखाहरु त्यतैतिर झुमिएका देखिन्थे । ३२ जना ख्यातिप्राप्त कलाकारहरु कला सृजनामा व्यस्त देखिन्थे । यसैगरी वरिष्ठ पौभा: चित्रकार लोक चित्रकार ,वरिष्ठ कलाकार किरण मानन्धर ,समुन्द्रमान श्रेष्ठ पनि आ-आफ्नो किसिमको सृजनामा व्यस्त देखिए ।
यो चित्रकला महोत्सव म्युजियम अफ नेपाली आर्ट मोनाको आयोजनामा काठमाडौं गेस्ट हाउसमा भएको थियो ।
यस महोत्सवको उद्घाटन महानायक राजेश हमालले क्यान्भासमा रंग पोटेर गरेका थिए ।
“नेपाली परम्परागत चित्रकला नेपालको गौरव हो । यसले नै विश्वमा नेपालको परिचय दिन सक्छ । नेवार समुदाय कला संस्कृतिमा निकै धनी छ । यी सबै कलाको संरक्षण गर्णु जरुरी छ । आजको कला महोत्सव देखेर म निकै खुशी छु ” महानायक राजेश हमालले सुभाय् पोस्टसँग कुरा गर्दै भने ।
यसैगरी मोनाका प्रमुख राजन शाक्यले यो कला महोत्सव ऐतिहासिक भएको भन्दै एकै स्थानमा ३२ जना कलाकरहरु भेला भएर लाईभ पेन्टिङ गरेको नै एक ऐतिहसिक कार्य हो । यसले कलालाई व्यापारीकरण पनि गर्न सकिने र विश्वलाई नेपाली कलाको नमुना देखाउन सहयोग हुने बताए । यस कला महोत्सवमा बेचिएका कलाबाट जम्मा भएको रकमको आधा रकम क्यान्सर पीडित बालबालिकाहरुलाई प्रदान गरिने उनले बताए ।
“आशाको लागि कला”को नाराका साथ भएको यो महोत्सव यो समय निकै महत्व राख्दछ , एक विश्लेषकले बताए । कार्यक्रममा फिनल्यान्ड अष्ट्रेलियाका राजदुतावासका प्रतिनिधि तथा अन्य देशका कुटनैतिक पदाधिकारी तथा कला पारखीहरुको सहभागिता रहेको थियो ।
स्मरणीय छ मोना नेपालकै महत्वपूर्ण निजी कला म्युजियम हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५