• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

साला दशैँ !


सुभाय् संवाददाताOctober 7, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सुरेश किरण

सुरेश किरण
(नेपालभाषाबाट कवि स्वयंबाट अनूदित)
आखिर के हो यो दशैँ ?
हरेक वर्ष आइरहन्छ, आइरन्छ
आएपिच्छे मलाई जिस्काइरहन्छ ।
साला दशैँ !
कति रोक्न खोज्छु
रोकिँदैन
हरेक वर्ष आइरहन्छ ।
(साला दशैँ, यो आएको कुरा पनि
पत्रिका पढेर थाहा पाउनुपर्छ मैले)
तर यो आएर कहाँ जान्छ ?
कुकुर पालेर मान्छेलाई प्रवेश निषेध गरिएका
ठूला बंगलाहरूमा प्रवेश गर्छ,
ठूला महलहरूमा रात गुजार्छ,
गाडी चढेर बजार घुम्छ,
बाटोमा जम्काभेटै भए पनि
मलाई चाहिँ नचिने झैँ गर्छ ।
साला दशैँ !
खसी किन्ने त भन्नु मात्रै हो
काटिने त म आफै हुँ,
एउटा खसी एउटा दशैँमा
एकचोटी काटिन्छ,
साला म खसी हुन सकिन
हरेक दशैँमा हरेक पटक काटिइरहेको हुन्छु ।
आफैलाई बेचेर
खसी किन्नुपर्ने,
आफैलाई नंग्याएर
कपडा किन्नुपर्ने,
आपैmलाई भोको राखेर
भोज खानुपर्ने,
आपैmलाई काटेर
सीकाःभू लिनुपर्ने ।
साला दशैँ !
दशैँ आयो कि
मानिसहरू भन्न थाल्छन् – दशैँ आयो ! दशैँ आयो !
ई, आउँछ दशैँ ।
साला !
सुन, एउटा भरिया के भनिरहेछ –
सबैको घर घरमा
बोकेर दशैँ पु¥याउने त म हुँ
तर आफ्नै घर जाँदा
बोकेर लान मसँग एक टुक्रो दशैँ हुँदैन ।
सुन, एउटा मजदूर के भनिरहेछ –
सबैका लागि
रात रातभरि नसुतिकन
दशैँ बनाउने त म हुँ
तर मेरो आफ्नै दशैँ भने
आजसम्म बनाउन सकेको छैन ।
सुन, एउटा किसान के भनिरहेछ –
सबैका लागि
घामपानी नभनी दशैँ फलाउने त म हुँ
तर मेरो दशैँ फलाउन
आजसम्म बिउ पनि रोप्न सकेको छैन ।
साला दशैँ !
हरेक वर्ष आएको–गएको
के म पत्रिका पढेरै मात्र थाहा पाइरहूँ ?
(सीकाःभू – नेवार समाजमा पशुबलि दिएर भोज खाने बेला बलिको विभिन्न अंगहरू परिवारका सदस्यहरूले ज्येष्ठता क्रमानुसार ग्रहण गरी सम्पन्न गरिने धार्मिक क्रिया । )साभार:अन्नपूर्ण पोष्ट

सम्बन्धित पोस्ट
  • सिंहदरबारभन्दा परको काठमाडौं
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑