• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

ने.का.१४ औं महाधिवेशन – नीलकाजी शाक्यद्वारा काठमाडौं महानगर सभापतिमा उम्मेदवारी


सुभाय् संवाददाताOctober 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौं/ नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि नीलकाजी शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।
लोकतन्त्र र विधिको शासनका पक्षमा साढे ४ दशक देखि यात्रा अविचलित रही कायम गरेका शाक्यले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
शाक्य २०३३ सालमा विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिमार्फत कांग्रेस आवद्ध भएका थिए । नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष भएर जनताको सेवा दिइरहेका छन् ।
असोज १६ गते हुन लागेको महानगर अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो एजेण्डा, त्याग, तपस्या र समर्पणको कदर गर्नेमा उनले विश्वास लिएका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह देखि २०४६ सालको जनआन्दोलन हरेक राजनीतिक क्रान्तिको उभिएका उनी २०४३ सालमा राष्ट्रिय विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरीसकेका छन् ।
नेता शाक्य आरसिटी क्लवको फुटवल खेलाडी हुँदै बक्सिङ, व्याडमिन्टन र टेबल टेनिसको खेलाडी पनि हुन् ।
नेता नीलकाजी शाक्यले जारी गरेको प्रेस विज्ञप्ती
श्रद्धेय दिदीबहिनी तथा दाजुभाइ, क्षेत्रीय प्रतिनिधि ज्यूहरु, जय नेपालको हार्दिक अभिवादन।
नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि उम्मेद्वारी दिने निधो गरेको छु। लोकतन्त्र र विधिको शासनका पक्षमा मैले साढे चार दशक देखि यात्रा अविचलित रही कायम राखेको छु। हो, त्यही जप, तपको अग्निपरीक्षाका रुपमा यस उम्मेदवारीलाई लिएको छु। यही असोज १६ गते हुन लागेको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुले मेरो एजेण्डा, त्याग, तपस्या र समर्पणको कदर गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।
देश संकटमा परेको अवस्थामा २०३३ सालमा जननेता विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिले कांग्रेस प्रतिको आकर्षणले मलाई तानेको हो। त्यसपछि हरेक प्रजातान्त्रिक आन्दोलनमा मेरो सक्रियता कहिल्यै दोस्रो रहेन। त्यसमाथि लौहपुरुष गणेशमान सिंहको सामीप्य मेरो राजनीतिक जीवनको थप उर्जा ठहरियो। बिपी, गणेशमान जस्ता भाँचिने तर कहिले नदोब्रिने नेताहरुको आर्शिवाद र प्रेरणाले सतिसाल जस्तै उभिन सिकायो।
२०३६ सालको विद्यार्थी आन्दोलन होस या २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह देखि २०४६ सालको जनआन्दोलन हरेक राजनीतिक क्रान्तिको उभार बोकेका गतिविधिमा मैले मनसा, बाचा, कर्मणा कर्तव्य निर्वाह गरेको छु। २०४३ सालमा राष्ट्रिय विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरे लगतै स्थानीय चुनावमा पार्टीको तर्फबाट प्रत्यासी बनेको थिएँ। गणतान्त्रिक व्यवस्थाका लागि भएको दोस्रो जनआन्दोलनमा पनि मेरो भूमिका अग्रपंक्तिमा रह्यो। जेलनेल, यातना सवै प्रकारका भोगाइ मेरो जीवन परिपक्व बनेको छ। पदीय दायित्वको निर्वाह गर्ने क्रममा नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष भएर जनताको सेवामा समर्पित छु।
मैले राजनीतिलाई कुनै आर्थिक आम्दानीको स्रोतका रुपमा बुझेको छैन। यो कर्म मेरा लागि विशुद्ध सेवा हो। परोपकार संस्था मार्फत २०२२ साल देखि सामाजिक सेवामा निरन्तर समर्पित छु। आरसिटी क्लवको फुटवल खेलाडी हुँदै बक्सिङ, व्याडमिन्टन र टेबल टेनिसको खेलाडी भएर अनुशासित जीवन बाँचेको पृष्ठभूमि छ। जसले मलाई समय, सहकार्य र अनुशासन पालना गर्न सधैं प्रेरित गरिरहे। स्वस्थ जीवनविना स्वच्छ समाज कसरी सम्भव छ र रु जीवनका विभिन्न आयाममा चलचित्र, टेलिभिजन सिरियलमा अभिनय गरेर कलाक्षेत्रमा पनि आफूलाई परीक्षण गर्ने काम सम्पन्न गरेको छु। थुप्रै देशको भ्रमणले माटो र मुटु बुझ्न सहयोग गरेको छ। विकासका रेखा कोर्न यी सवै अनुभव उत्प्रेरक हुने विश्वास छ। रुखको छायाँमा रही जनताको सेवामा समर्पित हुने दृढ इच्छा पलाएको छ। काठमाडौं भनेको देश केन्द्र हो। देशको छायाँ यहाँको माटोमा प्रतिविम्वित हुन्छ । बदलिँदो राजनीतिक संरचना अनुसार पहिलो पटक महानगर समिति अधिवेशन हुन गइरहेको छ । यो महत्वपूर्ण साइतमा मेरो उपस्थितिलाई सगुनको घडा मानेर विजयमाला पहिर्याइ दिन सादर अनुरोध गर्दछु।
सभापतिको प्रत्यासी
नीलकाजी शाक्य

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑