काठमाडौं/ सम्पदा अभियन्ताको पहिचान बनाएका शैलेश शाक्य बरेजु नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्विरोध निर्वाचित बनेका छन्।
आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेसनका लागि आयोजित काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंबर ९ (क) को क्षेत्रिय अधिवेसनमा शाक्य लगायत निर्विरोध निर्वाचित बनेका हुन्। त्यसैगरी १२ वडा सभापतिमा बालकृष्ण महर्जन पनि निबिरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको राजनीतिमा विगत तीन दशकदेखि निरन्तर लाग्दैआएका शाक्यले विद्यार्थी राजनीतिदेखि नेपाली काँग्रेसमाको राजनीतिमा लागेको बताएका छन्।
सेभ नेवा भ्यालीका संयोजक, भाषा , साहित्य, सम्पदा, नेवा अभियन्ता, रानी पोखरीका अभियन्ता, गुठी विधेयक विरोधका अभियन्ता लगायत काष्ठमण्डप निर्माण समितिका सदस्य भएर विभिन्न जिम्मेवारी बहन गर्दैआएका शाक्य विकास निर्माण र सामाजिक अभियानका अभियन्ता बनेर फूलटाइमर राजनीतिमा लाग्दैआएका खरो राजनीतिज्ञका रुपमा चिनिन्छ।
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाउने प्रबल आशा बोकेका उनले केन्द्रिय अधिवेशनबाट पनि पार्टीको जिम्मेवार पदमा आउन सक्ने जनाएका छन् ।
काठमाडौं उपत्यकामा बढीरहेको अस्तव्यस्त स्थितिप्रति चिन्ता प्रकट गर्दै यसलाई व्यवस्थित गर्नमा पहल गर्ने लक्ष्य रहेको उनले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५