• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

कीर्तिपूण्य महाबिहार क्वापाद्य:छें पुन: निर्माण सुरु


सुभाय् संवाददाता September 21, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ / काठमाडौं महानगर पालिका वडा २१ तः बहाः अर्थात् कीर्तिपुण्य बज्रधातु महाविहारको क्वाः पाः द्यःछेँको पुननिर्माण कार्य शुरु भएको छ । सोमबार महानगरका मेयर विद्या सुन्दर शाक्यले एक कार्यक्रमकाबीच उक्त क्वापाद्य: छेंको शिलान्यास गरेका छ्न् ।
बहा:बही भनेको बौद्ध शिक्षा अभ्यासका केन्द्र हुन् । यस्तै किसिमको लामो इतिहास बोकेको महाबिहार हो त:बाहा – कीर्तिपूण्य महाबिहार ।
लगन क्षेत्रमा लिच्छविकालिन अभिलेखहरु धेरै भेटिएको लिच्छविकालिन अभिलेखहरु नामको पुस्तकमा संकलित अभिलेखहरुबाट स्पष्ट देखिन्छ । यस महाबिहारका पनि इतिहास लामो छ । ६ सय वर्ष पुराना अभिलेखदेखि १२५ वर्ष पुरानो अभिलेखसम्म त स्पष्ट नैं देखिएको छ ।
विहार संघका सदस्य डा. नविन बज्राचार्यकाअनुसार नेपाल संवत ६०७ वि. सं. १५४४ को महाविहार सम्बन्धी अभिलेख पाइन्छ । त्यसबेला तःबहाः का जीनदेव बज्राचार्यले बालाजुमा रहेको वुद्धमूर्तिमा चढाएको गहनामा लेखिएको अभिलेखका आधारमा यो महाविहार त्यस अघि नैं आस्तित्वमा आइसकेको स्पष्ट छ । नेपाल संवत् ६९९ मा महाविहारको संरक्षण र व्यवस्थापनका लागि गुठी स्थापना भएको अभिलेख पाइन्छ ।
महाविहारको मुल ढोकामा राखिएको तोरणमा नेपाल संवत् १००७ मिति उल्लेख छ । यो मितिमा जीर्णोद्धार भएको हुन सक्ने डा. बज्राचार्यको बताए ।
यो महाबिहार लगं वहाः का ८ वटा कचा बहाः (शाखा)मध्ये एक हो।
यस्तो महत्त्वपूर्ण स्थलको क्वापा:द्य:छें भूकम्पका कारण क्षति भएपछि समुदायको अग्रसरतामा यसरी महानगर पालिकाको आर्थिक सहयोग भ्याटसहित करीब ९६ लाख रुपैयाँ लागतमा पुननिर्माण हुन लागेको हो ।
औपचारिक कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफ्नो कार्यकालमा सम्पदा जिर्णोद्धार पुन: निर्माणमा जोड दिएको र यसैको एक कडीको रूपमा कीर्तिपूण्य महाबिहारको क्वापा:द्य:छें पुन:निर्माण हुन लागेको र अन्य स्थानमा पनि पुन: निर्माण र जिर्णोद्धार हुन बाकी स्थलको पनि कार्य अगाडि बढीरहेको बारे जानकारी गराए ।
काठमाडौँका सम्पदाहरुलाई पुननिर्माण गर्नु, आवासीय परम्परागत भवनहरुलाई मौलिक संरचनामा यथावत राख्ने प्रयास गर्नु हाम्रो कार्यकालमा भइरहेको प्रमुख काम हुन् । शिलान्यास समारोहमा वडा २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य लगायत विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए ।
यसको डिजाइन इञ्जिनियर अमित बज्राचार्यले गरेका हुन् । तीनतले महाविहार २४ फिट लम्बाइ र १४ फिट ८ इन्च चौडाइ जमिनमा निर्माण हुँदैछ । यस क्वापाद्य:छें क्वा:पाद्यको रुपमा अक्षोभ्य बुद्ध रहेको छ । यसरी मन्दिर देवघर पुन:निर्माण गर्दा मूर्तिको प्राण कलशमा प्रतिस्थापन गर्ने वज्रयान विधि अनुसार
अहिले मूर्तिको प्राण कलशमा प्रतिस्थापन गरिएको छ ।

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑