• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

मल्ल के. सुन्दरको १७ सेप्टेम्बर सोहि दिन विमोचन

सुभाय् संवाददाता September 17, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / मानवअधिकारवादी नेता एवं नेवा: नेता, साहित्यकार मल्ल के. सुन्दरले लेख्नुभएको उपन्यास “सेप्टेम्बर १७” शुक्रबार एक कार्यक्रमबीच विमाेचन भएकाे छ ।

प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले साे उपन्यासकाे विमाेचन गर्नुभएको हाे ।

नेपालभाषा एकेडेमी प्रकाशक रहेकाे उक्त पुस्तक विमाेचन कार्यक्रम एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाःकाे सभापतित्वमा भएकाे थियाे । कार्यक्रममा एकेडेमीका कार्यकारी सदस्य प्राज्ञ रजनीमिला महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियाे । साहित्यका विविध विधामा सिद्धहस्त साहित्यकार मल्ल के. सुन्दरकाे यसअघि समसामयिक राजनैतिक विषयकाे “पोस्टर” अनि नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाःकाे कथामा “शंखधर” उपन्यास लगायत धेरै कृति प्रकाशित भइसकेका छन् ।

उपन्यास ” सेप्टेम्बर १७” काे विमाेचन कार्यक्रममा लोकसाहित्यविद् प्रा मदनसेन बज्राचार्यले समालोचनात्मक टिप्पणी गर्नुहुँदै विमाेचित उपन्यास अन्तर्राष्ट्रिय परिवेश समाविष्ट एक उत्कृष्ट कृति रहेकाे बताउनुहुँदै उपन्यासलाई अंग्रेजी भाषामा अनुदित हुनुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि जनकवि श्रेष्ठले साहित्यकार मल्ल हात हालेजतिकाे विधामा सफल हुन सकेका साहित्यकार भएकाे बताउनुहुँदै यस उपन्यासका मुख्यपात्र विभिन्न देश घुम्दै अन्तमा काठमाडौं उपत्यका आइपुग्ने र यसकाे प्रस्तुति शैलीले आफ्नाे मन छाेएकाे बताउनुभयो ।

उपन्यासकार मल्लले जन्म र मृत्यु दुवै शाश्वत सत्य भएकाे तर जन्मदिन सबैले खुशीले मनाउने अनि जन्मदिन कहिले आउँछ भनी पर्खिरहने तर मृत्युकाे दिन आउला भनी डराउने हुँदा यही सत्यतालाई उपन्यास “सेप्टेम्बर १७”काे विषय बनाएकाे बताउनुभयाे ।

कार्यक्रमका सभापति एकेडेमीया भाइस चान्सलर धाख्वाःले साहित्यकार मल्लले नेपालभाषा एकेडेमीलाई एउटा उत्कृष्ट कृति प्रकाशनकाे जिम्मा दिएकाेमा धन्यवाद व्यक्त गर्नुभयाे ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑