• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

कालजयी स्वरका धनी फत्तेमान राजभण्डारी स्मृति !


सुभाय् संवाददाताSeptember 11, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

गायक फत्तेमान राजभण्डारीले नश्वर शरीर त्यागेको पनि ८ वर्ष बितिसकेछ! आजकै तिथिमा उनको २०७० भाद्रको २५ गते भाद्र शुक्ल पंचमीको एकाबिहानै १२ बजेर ५० मिनेट जाँदा चाबहिलस्थित ओम नर्सिङ होममा उपचारका क्रममा ७७ वर्षको उमेरमा निधन भएको थियो! उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए!
१९९३ साल मंसीर १३ वा ४ गते जन्मिएका उनले चारसय भन्दा धेरै कालजयी गीत र भजनमा स्वर तथा संगीत दिएका छन्!
उनको पहिलो गीत ‘यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले’ थियो! सङ्गीतकार नातिकाजीले २०२२ साल तिर यो गीत उनलाई गाउन प्रस्ताव गरेका थिए! रेडियो नेपालमा कहिल्यै नदेखेकालाई गाउन दिन मन नभए पनि गीतका रचनाकार यादव खरेलको मलाई यही गायक चाहिन्छ भनेर ढिपी गर्ने हैसियत पुगेको थिएन त्योबेला! मन मारेर खरेलले उनलाई गीत गाउन दिएका थिए! उनले यो गीतको खुब अभ्यास गरे! र रेडियो नेपालले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय गायन प्रतियोगिता २०२५ मा नातिकाजीको संगीतमा उनले यही गीत गाएका थिए! प्रतियोगितामा पहिलो स्थान उनैले पाए! एउटै गीतले उनलाई गायक र यादव खरेललाई गीतकारको रूपमा स्थापित गरायो!
उनले २०१३ सालमा बासु शशीद्वारा रचित नेपाल भाषाको नाटक ‘ता:चाप्वाँय्’ (साँचोको झुप्पा) मा अभिनय तथा गीत गाएका थिए!
नाटककार विजय मल्लको नाटक ‘किसि न्याइम्ह मदनमान’ का वास्तविक जीवनका मदनमान उनी नै हुन् भनिन्छ!
उनीद्वारा स्वरवध्द कालजयी गीतहरुमा यस्तो पनि हुँदो रहेछ, मर्न बरु गाह्रो हुन्न,वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले, जिन्दगीको पाना भरि सुख देखिदैन, कस्तो माया लाइएछ आदि छन्!

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑