काठमाडौं महानगर पालिकाको अध्ययन भ्रमण टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाको भेटघाट स्वागत कार्यक्रम , भगिनी संबन्ध तथा सहयोग आदानप्रदान बारे छलफल
बिन्दु कुमार चौहान,लुम्बिनी / काठमाडौ महानगरपालिकाको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत लुम्बिनीमा पुगेको टोलीलाई लुम्बिनीमा स्वागत गरिएको छ । यसै क्रममा लुम्बिनी सास्कृतिक नगरपालिकामा नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षतामा , लु.सां.न.पा. वडा न. ३ का वडा अध्यक्ष अक्रामुद्दिन नाउँ मुसलमान लगायतको उपस्थितिमा लुम्बिनीमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
मायादेवी मन्दिर परिसरमा भ्रमण टोली लु.सा.न.पा.का मेयरका साथमा
भ्रमणमा काठमाडौ महानगरपालिका वडा न १५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डङ्गोलको नेतृत्वमा वडा न. १८ का वडा अध्यक्ष एवम् सम्पदा समिति सयोजक न्हुच्छेकाजी महर्जन, कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, पुर्वाधार विकास विभाग विभागीय प्रमुख राम बहादुर थापा, प्रशासन विभाग सहायक निर्देशक सन्तु श्रेष्ठ, कर्मचारीहरु समेतको सहभागिता रहेकोे थियो ।
यस क्रममा दुबै पालिकाका अनुभव र सहयोग सहकार्य एवम् भगिनी सम्बन्ध विस्तार आदि बारे छलफल भएको थियो । स्मरणीय छ लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान बिहार निर्माण कार्यको निम्ति काठमाडौं महानगर पालिकाले ४ करोड २२ लाखको सहयोग गरिसकेको छ ।
नेपाल बज्रयान बिहारमा भ्रमण टोली
“लुम्बिनी पनि सांस्कृतिक नगर पालिका हो अनि काठमाडौं पनि सांस्कृतिक महानगर पालिका हो । त्यसैले हामीले सांस्कृतिक संबन्ध र सहयोग आदानप्रदान , भगिनी संबन्ध कायम गर्ने बारे छलफल अगाडि बढाएका छौं” काठमाडौं महानगरका सम्पदा समितिका अध्यक्ष तथा वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५