काठमाडौं / काठमाडौं महानगरपालिकाले नगरबासीलाई खोप योजना पुन: चलाउने भएको छ । महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका छुटेका सबै नगरबासीलाई खोप दिन लागेको बताइएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार भोली १४ गते खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५