काठमाडौं /मृगौलाका बिरामी रहेका नेपालका चर्चित कलाकार पल्पसा डंगोल हाल शिक्षण अस्पताल महाराज गंजमा उपचार गराई रहेको खबर छ । उनले डायलसिस प्रक्रियाबाट उपचार भइरहेको बताएका छन् ।
केहि समय अगाडि मात्र उनी उपचारपछि घर फर्किएका थिए ।
पुन: स्वास्थमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
उनलाई मृगौला प्रत्यारोपण गर्न चिकित्सकहरुले सुझाव दिएको पनि बताइएको छ ।
मेरी बासैका चम्सुरीका नामले लोकप्रिय रहेका पल्पसाले नेपाल भाषा नेपाली र बिदेशी चलचित्रमा समेत अभिनय निर्देशन गरिसकेका छन् ।
सुभाय् पोस्ट परिवार उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५