• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनको तारिफमा एक सरकारी मिडियाले प्रकाशन गरेको लेख!


सुभाय् संवाददाताJuly 14, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

तीन  अपराजित यात्रा



काठमाडौँ, असार ३० गते । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएका शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । आफ्नो सम्पूर्ण जीवनलाई गरिब, पिछडिएको समाज तथा जातजाति, वर्ग, देशको निम्ति समर्पण गर्नुभएका देउवा नेपाली काँग्रेसका केन्द्रीय सभापतिसमेत हुनुहुन्छ ।
लोकतान्त्रिक आन्दोलनको क्रममा पटक पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज घन्काउँदा उहाँले एक दशक राजनीतिक बन्दीका रूपमा व्यतीत गर्नुप¥यो । त्यति मात्र होइन युवा अवस्थामा नै उहाँले प्रवासमा जीवन बिताउनुप¥यो ।

पाँचौँ पटक कार्यकारी प्रमुख
काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएका सभापति देउवालाई ७५ वर्षको उमेरमा पाँचौँ पटक देशको कार्यकारी प्रमुख बन्ने सुअवसर प्राप्त भएको छ । यसअघि वि.सं. २०७४ मा उहाँकै कार्यकारी नेतृत्वमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनमा काँग्रेस दोस्रो दल बनेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सौहार्दपूर्ण वातावरणमा उहाँले सत्ता हस्तान्तरण गर्नुभएको थियो । घुमिफिरी रुम्जाटार भनेझैँ झन्डै दुई तिहाइ मत पाएको नेकपा (एमाले)मा आएको विवादका कारण देउवालाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशको सेवा गर्ने सुअवसर मिलेको छ ।

अविरल निर्वाचित जनप्रतिनिधि
पञ्चायतकालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता अविरल निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । वि.सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित हुनुभयो । त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो । वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै विजयी हुनुभएको थियो । नेपालका समकालीन राजनीतिज्ञहरूमध्ये उहाँ ३० वर्षदेखि निरन्तर निर्वाचित विधायक हुनुहुन्छ ।
यसरी तीन दशकसम्म लगातार जनताबाट अनुमोदित विरालाकोटी नेतामा उहाँ पर्नुहुन्छ । शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट प्रशिक्षित देउवालाई पाँच वर्ष प्रतिपक्षको जनादेश हुँदाहुँदै अचानक प्रधानमन्त्री पद प्राप्त भएको छ । कतिपयले देउवालाई भाग्यमानी नेता पनि भन्ने गर्छन् । लोकतन्त्रप्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा निडर व्यक्तित्वका कारण उहाँलाई जनताले सधैँ विजयी गराउँदै आएका छन् ।
विज्ञान पढेपछि डाक्टर, इन्जिनियर बनी पैसा कमाइन्छ भन्ने छाप गाउँमा परेकाले परिवारको सल्लाहमा विज्ञान पढ्न काठमाडौँ आउनुभएका देउवा चिकित्सक तथा इन्जिनियर त बन्नु भएन तर मुलुक हाँक्ने सारथि बन्नुभयो । खासगरी दर्शन विषयका पुस्तक अध्ययन गर्न रुचाउने देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो । बेलायतको उच्च शिक्षाले देउवालाई लोकतन्त्रको फराकिलो क्षितिजसम्म विचार र विवेकलाई आत्मसात् गर्ने अवसर दियो ।
उहाँ नेपाल विद्यार्थी सङ्घको निर्वाचित सभापति एवं संस्थापक सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनुभएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनुभएको थियो । त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुग्नुभएको थियो ।

उचारचढावको राजनीतिक यात्रा
वि.सं. २०४६ मा गणेशमान सिंहको नेतृत्वमा नेपाली काँग्रेसले देशमा पहिलो जनआन्दोलनको अगुवाइ ग¥यो । त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययनरत हुनुहुन्थ्यो । जनआन्दोलन सफल भएपछि उहाँ लन्डनबाट काठमाडौंँ आउनुभएको हो । वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्न सफल हुनुभयो । उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली काँग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो ।
गृहमन्त्री बनेको साढे तीन वर्षभित्रै उहाँ नेपाली काँग्रेस संसदीय दलको नेतासँगै संसद्मा प्रमुख विपक्षी दलको नेता बन्नुभयो र पाँचै वर्षमा मुलुकको प्रधानमन्त्री बन्नुभयो । राजनीतिमा धेरै उतारचढाव खेप्नुभएका देउवाले काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनुभयो । उहाँले २०५७ मा भएको काँग्रेसको १०औँ पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाकै विरुद्धमा सभापति पदमा प्रतिस्पर्धा गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ । कानुनमा स्नातक उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)बाट मानार्थ विद्यावारिधि (पीएचडी) प्राप्त गर्नुभएको छ ।
स्थानीय क्षेत्रमा रहेका विद्यालयबाटै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका देउवा एसएलसी दिएपछि उच्च शिक्षाका लागि वि.सं. २०२१ मा काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । त्यसपछि उहाँ नेविसङ्घभित्र राजनीतिमा सक्रिय हुनुभयो । निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा काम गर्दा नै पञ्चायती व्यवस्थाका पक्षधरबाट पटक पटक पक्राउ पर्नुभयो ।
वि.सं. २०४८ मा जनप्रतिनिधि भएर काठमाडौँ पसेपछिकोे राजनीतिक यात्रामा देउवाका सीमित विफलता तर धेरै सफलता हात लागेका छन् । काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा अलग पार्टी निर्माण गर्न पुग्नुभयो । त्यसअघि नै देशमा नेकपा माओवादीले अगाडि बढाएको सशस्त्र विद्रोह (जनयुद्ध)ले सरकार कमजोर हुँदै जाँदा तत्कालीन राजा र शाही सेनाको असहयोग पनि बढ्दै गएको थियो ।
यता एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेर निर्वाचित जनप्रतिनिधिहरूको संस्था प्रतिनिधि सभा चल्न दिएन । यस्तो अवस्थामा काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । त्यसपछि काँग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । संसद्मा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो । पछि तत्कालीन राजाबाट उहाँ सत्ताच्युत हुनुप¥यो ।
राजनीतिक घटना सँगसँगै वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कू’मार्फत देउवालाई दोस्रो पटक हटाइदिएर सत्ता आफ्नो हातमा लिएका थिए । नेपाली काँग्रेसको राजनीतिमा पाँच दशकपछि वि.सं. २०७२ को तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली काँग्रेसको पार्टी सभापतिमा विजयी हुनुभयो ।
उहाँ सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभयो भने सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष पनि हुनुभयो । देउवाका एक छोरा जयवीर र श्रीमती डा. आरजु राणा देउवा हुनुहुन्छ । डा. राणा काँग्रेसको राजनीतिमै सक्रिय हुनुहुन्छ ।

राजनेता बन्ने सुवर्ण अवसर
पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त देउवालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउने तथा कोरोनाबाट थिलथिलो भएको नेपाली समाज र जनतालाई भरपर्दो नेतृत्व प्रदान गर्नुपर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा लोकतन्त्रवादी शीर्ष नेताको छवि बनाउन सफल देउवाका अगाडि राजनेता बन्ने सुनौलो अवसर छ ।                                                      – -नारद     साभार:गोरखापत्र 

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑