स्वीकृति लिएर काठमाडौंमा लामो दुरीका सार्वजनिक गाडी प्रवेश गर्न पाउने , संक्रमण बढ्ने डर बढ्दो
सुभाय् संवाददाताJuly 4, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट
काठमाडौं ,असार २० गते । अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यकामा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी प्रवेश गर्न पाउने भएका छन् । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले लामो दुरीका गाडीलाई पनि प्रवेश गर्न दिने निर्णय गरेका हुन् । सम्बधित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई सवारी साधनहरु काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छन् ।
यसैगरी, सार्वजनिक तथा निजी सवारी चलाउँदा गाडीको स्वीकृत सिट भन्दा बढी क्षमता भन्दा बढी यात्रु नपाइने भएको छ । साथै, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको आदेशमा उल्लेख छ ।
चालक र सहचालकले अनिवार्य, मास्क, भाइजर र पन्जा लगाउनु पर्ने उल्लेख गरिएको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गाडीवालाले गर्नुपर्ने छ ।
कोरोना महामारीले आक्रान्त काठमाडौं उपत्यकामा सार्वजनिक यातयात भितृन अनुमति दिन यसरी हतार गर्नु हुँदैन्थ्यो । यसले महामारी ह्वात्तै बढाइ दिन सक्नेछ भनी विज्ञहरुले भन्दै आएका छन् । यतिबेला सबै सचेत हुनुपर्ने अवस्था रहेको छ।