• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 12, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

कोभिडले चिनाएको सत्य


Isolation--The-New-Yorker
सुभाय् संवाददाताJune 5, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ९६ मिनेट
 
अहिलेको महाव्याधिबाट प्रभावित धेरैको अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव केही फरक रह्यो।
 

मल्ल के. सुन्दर

अहिले हामी कोभिड–१९ संक्रमण महामारीको चपेटामा छौं। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्मका समाचार र पोस्टमा महामारीकै बाछिटा देखिन्छ। जसमा संक्रमणबाट आफन्त गुमाएकाहरूको आर्तनाद, राम्रो उपचारको खोजीमा संक्रमितहरूले उठाउनुपरेको सास्ती र स्वास्थ्य सेवाको बिजोगका कुरा भरिएका छन्। अभाव, अव्यवस्था र एक किसिमको सन्त्रासले सबैलाई छटपटीमा पारिरहेको छ। संभवतः अहिले जत्तिको संकट र निरुपाय अवस्था हाम्रा लागि कहिल्यै थिएन। 
 
हामी सबै चाँडोभन्दा चाँडो महामारीमुक्त हुन चाहन्छौं। त्यसैले बसिबियाँलो र चर्चाहरूमा समेत कोभिडको विषय अपाच्य बनिसकेको छ। यति हुँदाहुँदै सन्दर्भवश कोभिडकै विषय उप्काउँदै छु। 
 
यो महामारीबाट जोगिन अनेक सावधानी अपनाउँदा अपनाउँदै म पनि संक्रमित भइगएँ। संक्रमणपछिको तीन साता होम आइसोलेसनमै बिते। त्यसपछि पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आयो। परिवारजनका एक दर्जनभन्दा बढी संक्रमित भएकोमा सबै जनालाई निको भइसकेको छ। 
 
धेरैको साझा अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव फरक रह्यो।शारीरिक पीडा र छटपटीका असहजताका बीच कोभिडले बनाइदिएको एकान्तबास आत्ममीक्षाको अवसर बनिदियो। त्यो अवधिलाई मैले एक खाले साधना शिविर नै सम्झिएँ।
संक्रमित भएपछि शारीरिक पीडा, मानसिक तनाव, त्रास, अनिश्चितताको अनुभव अरु संक्रमितको भन्दा फरक रहेन। त्यसमा पनि ७० वर्ष नाघिसकेको मान्छे, संक्रमित भएर ओछ्यान पर्दा आफूमा भन्दा आफन्तजनमा भिन्न खाले सन्ताप हुँदोरहेछ। उनीहरूका भाव, प्रतिक्रिया अनि आँखाका विम्बहरूमा गहिरो पीडा देखेँ। कोभिड हुँदा आफूलाई भन्दा पनि आफन्तमा बढी त्रास जन्माउँदो रहेछ।
 
धेरैको साझा अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव फरक रह्यो। हो, शारीरिक पीडा र छटपटी त कम थिएन। आत्मविश्वासको कमीले निरीह पनि बनायो। तीन साताको होम आइसोलेसन निःसहाय भएर निराशाकै बीच गुज्रियो। तर, ती सबै असहजताको पृष्ठभूमिमा मेरो लागि सकारात्मक अनुभव पनि भयो। अर्थात्, कोभिडले बनाइदिएको एकान्तबास आत्ममीक्षाको अवसर बनिदियो। त्यो अवधिलाई मैले एक खाले साधना शिविर नै सम्झिएँ।
 
कोभिड संक्रमण भएर एकान्तबासमा बसिरहँदा मैले केही सत्यसँग साक्षात्कार गर्ने मौका पाएँ। गहिराइमा गएर गरेको ती अनुभूति एक हिसाबले मेरा निम्ति पाठसरह भए। 
 
पहिलो अनुभूति के रह्यो भने, हाम्रो लागि हामी आफैं साथी, भरोसा सबथोक हो भन्ने कटु सत्य स्विकार्नुपर्ने रहेछ। उसो त परिवार, आफन्तजन, मित्र, छरछिमेक सदैव हाम्रा अपेक्षाका विशेष पात्र हुन्। गाह्रो–अप्ठ्यारो पर्दा हामी ती पात्रलाई खोज्छौं। तर, कोभिडले प्रियजनको निधन हुँदा आफन्तजनलाई मलामीका रूपमा समेत संलग्न हुन नसक्ने विवश बनायो। तिनका सामथ्र्य केवल सहानुभूति र समवेदना प्रकट गर्नसम्म मात्र रहेछ। न सन्तापमा सहभागी बन्न सक्छन्, न त छटपटीमा साझेदार बन्न सक्छन्। आफन्त, परिवारजन द्रष्टा मात्र रहेछन्। 
 
महाव्याधिले मलाई दिएको अर्को चेत हो, आपत्को बखत दैविक कल्याण र उद्धार जस्ता कुरा मिथकीय प्रसंगभन्दा बढी होइन रहेछन्।
हामी मानिसलाई त्रस्त बनाउने एउटै घटना हो, मृत्युबोध। सामान्य अवस्थामा जीवनको भागदौडमा लागिरहँदा त हामीलाई मृत्युको अस्तित्वबारे होश नै हुन्न। रोगग्रस्त भई ओछ्यानमा ढल्दा र प्रतिक्षण कोभिडका कारण अनगिन्ती मानिसले मृत्युवरण गर्नुपरेको समाचार सुन्दै गर्दा काल आफ्नो छेउमै आइपुगेको भान हुँदो रहेछ।
गाह्रोसाह्रोमा संकटमोचन गर्न र दुःख–पीडाबाट उन्मुक्ति पाउन उपायहरू हुन्छन् भनिन्छ। संकट निवारण गर्ने स्रोत र सूत्रहरू पूजापाठ, स्वस्तीशान्ति, जादूटुना, जोगी–महात्मा, भगवान् आदि रहेको प्रसङ्ग चल्छ। तर, अहिलेको कोभिड माहामारीको संकटमा ती सब कहाँ कता पुथे भन्ने अत्तोपत्तो भएन। ती त यथार्थभन्दा पनि आस्थाका कुरा रहेछन्। मानव समुदायमा मर्दापर्दा अलौकिक शक्तिबाट चमत्कार हुने/गर्ने कुरा भ्रम पो रहेछ। 
 
कोभिडले मलाई सिकाएको तेस्रो पाठ हो, वैभवसहितका तमाम कुरा प्राप्तिको अभिलाषा र मोह बेकार रहेछ। पद, प्रतिष्ठा र पैसा धेरैको अभीष्ट हुन्छ। जीवनभर हामी त्यसैका लागि मरिहत्ते गर्छौं। सम्पत्ति र शक्ति भएमा सबै कुरा हाम्रो वशमा हुन्छ, जहाँसुकै प्रभुत्व कायम हुन्छ भन्ने लाग्छ। दिनरात लाग्दै उचित अनुचित कर्म गरेर थुपारेको श्रीसम्पत्ति, मै हुँ भन्ने प्रतिष्ठा र अरुमाथि खटनपटन गर्नसक्ने शक्ति कोभिड समक्ष निरीह र निरर्थक पो रहेछ। यी केहीले पनि कोभिडलाई कज्याउन सामथ्र्य राख्दैन। कोभिडले पुष्टि गर्छ, हाम्रा लोभ वा तृष्णा प्रयोजनहीन रहेछ। किनभने संकटका वेला ती कुनैबाट उद्धार हुँदो रहेन्छ। 
आत्मकेन्द्रित सोच, अहंकार, आपसी द्वेष, घृणा, रिस, हिंसा र प्रतिशोधका भावना हामीले आफूभित्र पालिरहेका हुन्छौं। तर, यी भावले पनि कोभिड जस्तो विपत् रोक्न वा यसबाट बच्न सामर्थ्य राख्दैनन्। कोभिडबाट थकित, गलित भएर निरुपाय भएको र ग्लानि भरिएको क्षणमा मान्छेले गर्न सक्ने भलो काम भनेकै अन्तर्मनको यात्रा हो। आफूले आफैंलाई खोज्ने र भेटाउन सक्ने अनुभूतिको उडान। जीवनमा शाश्वतता र नित्यताको खोजी त भ्रम रहेछ। जीवन त क्षणभंगुर हो, हेरुन्जेल एक झल्को दृश्यमा रहने दर्पणछाया जस्तो। अहिले जे छ, त्यो एक क्षणपछि नै हुन्न। आफूभित्र भौतिक, शारीरिक तथा मानसिक रूपमा भइरहने निरन्तर परिवर्तन नै जीवनको यथार्थ हो। यिनको स्वीकारोक्तिमा नै जीवनयात्रा सहज हुँदो रहेछ। मैले यही कुरा कोभिडकालमा गहिराइमा बुझ्‍न सकेँ।
हामी मानिसलाई त्रस्त बनाउने एउटै घटना हो, मृत्युबोध। सामान्य अवस्थामा जीवनको भागदौडमा लागिरहँदा त हामीलाई मृत्युको अस्तित्वबारे होश नै हुन्न। रोगग्रस्त भई ओछ्यानमा ढल्दा र प्रतिक्षण कोभिडका कारण अनगिन्ती मानिसले मृत्युवरण गर्नुपरेको समाचार सुन्दै गर्दा काल आफ्नो छेउमै आइपुगेको भान हुँदो रहेछ। यही सन्त्रस्त चेतनाले सोचको सन्तुलनमा पनि उथलपुथल निम्त्याएर नकारात्मक असर पार्दो रहेछ।  
 
तर, मृत्युलाई शाश्वत र जीवनयात्राको अनिवार्य गन्तव्यको रूपमा आत्मसात् गर्दा सन्त्रास हट्ने मात्र होइन, आत्मबल र आत्मविश्वास बलियो पनि हुन्छ। भित्रैदेखि बलियो हुँदा कोभिड जस्तो निर्मम अवस्थालाई जित्न सकिँदो रहेछ। सकारात्मक सोचले कोभिड मेरो लागि साधना साबित भयो, आत्मबोधको अवसर भइदियो।
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑