विश्वका विभिन्न देशमा कोरोनाका नयाँ भ्यारियन्तहरुको लहरले सताइरहेको बेला हिजो मंगलबार विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
सिनोभ्याक गरीब तथा कम आय भएका देशहरूका निम्ति प्रयोगमा ल्याइने छ । विश्व स्वास्थ सङ्गठनको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। यससँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्न पाउने छ। यो खोप सिनोभ्याक बायोटेकले उत्पादन गरेको हो ।
खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ भने दुई देखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्ने जनाएको छ।
सिनोभ्याकको यो खोप चीन, चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालि सकिएको थियो।
नेपालमा गत चैत महिनादेखि चिनिया खोप भेरो सेल लगाउन थालिएको थियो । /एजेन्सी साभार /
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५