हामीले यहाँको विविध विषयमा अवलोकन भ्रमण अध्ययन गरि संसदमा प्रतिवेदन पेश गर्नेछौं कसरी बृहत् लुम्बिनी बिकास गर्न सकिन्छ भनेर – समितिका सभापति रामनारायण विडारीले ———— लुम्बिनी / बृहत्तर लुम्बिनी क्षेत्रका राष्ट्रिय महत्वका दस्तावेजका स्थलगत निरीक्षण तथा अध्ययनको लागि संसदीय समितिले लुम्बिनी क्षेत्रमा भ्रमण गरेको छ । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम क्षेत्रमा रहेका विभिन्न अभिलेख तथा दस्तावेजहरुको अध्ययन तथा निरीक्षण गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका छन् । समितिका सभापति रामनारायण विडारीको नेतृत्वमा सांसदहरु गोपाल भट्टराई, तुलसा कुमारी दाहाल र नैनकला ओझा तथा उपसचिव कमला शाक्यसहितको संसदीय टोली लुम्बिनी क्षेत्रमा आएको हो ।
समितिले अशोक स्तम्भमा रहेको अभिलेख तथा अन्य दस्तावेजहरुको अध्ययन गरिरहेको छ । समितिले विकास कोषका पदाधिकारीसंग समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।
त्यस्तै समितिले प्रारम्भिक रुपमा लुम्बिनी विकास कोषको पुस्तकालय र संग्रहालयको स्तरोन्नति र प्रभावकारी व्यवस्थापन जरुरी रहेको निष्कर्ष निकालेको समितिका सभापति बिडारीले बताए । उनले भने, ‘पुस्तकालयको स्तरोन्नति र कोषको संग्रहालयको प्रभावकारी व्यवस्थापन आवश्यक देखियो । त्यसै गरी विद्यमान संरचनाको रेखदेख तथा गुरुयोजना अनुसारको काम समयमै सम्पन्न गर्न चालु पूँजीको अभाव देखियो । समितिको टोलीले तिलौराकोट क्षेत्रको पनि भ्रमण गरेको थियोे ।
“हामीले यहाँको विविध विषयमा अवलोकन भ्रमण अध्ययन गरि संसदमा प्रतिवेदन पेश गर्नेछौं कसरी बृहत् लुम्बिनी बिकास गर्न सकिन्छ भनेर” , समितिका अध्यक्ष रामनारायण विडारीले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५