• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

नयाँ भेरियन्टका कारण बढी छ जोखिम


सुभाय् संवाददाताApril 14, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

डा. कृष्णप्रसाद पौडेल
गत वर्ष धेरै देशहरुसँग जस्तै हामीसँग पनि महामारीविरुद्ध लड्ने अनुभव थिएन । अहिले हामीलाई पहिलाभन्दा धेरै कुरा थाहा छ । यसका बाबजुद हामीबाट केही भुल भए ।
विशेषगरि गएका दुईतीन महिनामा भाइरस केही होइन रहेछ भन्ने मानसिकता विकास भयो । त्यसैको परिणामस्वरुप अहिले संक्रमण बढी देखियो ।
दैनिक संक्रमण दर १० प्रतिशतभन्दा बढी देखिन थालेकाले जोखिम बढेको बुझ्न सकिन्छ । सीमा नाका तथा समुदायस्तरमा गरिएको एन्टिजेन टेष्टको नतिजाले समुदायमा भित्रभित्रै संक्रमण बढेको प्रष्ट हुन्छ । अस्पतालहरुमा बढेको संक्रमितको संख्याले पनि आउँदै गरेको जोखिम अनुमान गर्न सक्छौं ।
संक्रमण बढ्दै गर्दा धेरैलाई सीमा नाकाको चासो छ । तर अहिले सीमा नाकाको रणनीति पहिले भन्दा फरक छ । पहिलेजस्तै नाकामै रोक्ने या छिर्न नदिने भन्दा नाकामा हेल्थ डेस्क राखेका छौं, जहाँ स्वास्थ्यकर्मीहरुले जोखिम या लक्षणको अवस्था हेरेर नेपाल छिर्ने मानिसहरुको व्यवस्थापन गरिरहेका छन् । नजिक घर हुनेहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेर पठाउने गरिएको छ भने टाढा हुनेहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ ।
विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।
पहिलेको महामारीबाट हामीले सिक्यौं कि नाकामै रोकेर राख्दा वा आएजति सबैलाई क्वारेन्टिनमा राख्दा संक्रमण झन् फैलिने डर हुनेरहेछ । किनकी सबैलाई व्यवस्थापन गर्ने क्षमता हामीसँग छैन । त्यसैले औपचारिक नाकाबाट आएकालाई हेल्थ डेस्कको स्वास्थ्य जाँचका आधारमा व्यवस्थापन गरिरहेका छौं ।
अन्तर्राष्ट्रिय नाका पार गरेर नेपाल आउने सबैको एन्टिजेन टेष्ट गर्न पनि सम्भव छैन । किनकी सीमा नाका पास गरेर नेपाल आउनेहरुको अनुपातमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी छैनन् । सबैको टेष्ट गर्ने हो भने लामो लाइन लगाउनुपर्छ । गर्मीको समयमा धेरै बेरसम्म लाइन बसाउँदा अर्को समस्या पर्न सक्छ ।
सीमा नाकाको कुरा गर्दै गर्दा देशभित्र भएको संक्रमणबारे पनि बुझ्नुपर्छ । तुलनात्मक रुपमा पहिलेभन्दा बढ्दो छ र नयाँ भेरियन्ट पनि भेटिएको छ । र्‍याण्डम स्याम्पलिङ गर्दा पहिलेभन्दा नयाँ भेरियन्ट दुई तिहाई बढी मात्रामा देखिएको छ ।
संक्रामक रोगसम्बन्धी ऐनले रोकथाम तथा नियन्त्रणका लागि पालना गर्नुपर्ने मापदण्डहरु लागू गराउने भूमिका प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । उहाँहरुले जिल्लामा हुने भिडभाड, नारा जुलुसलगायतका गतिविधि कम गर्न भूमिका खेल्नुभयो भने कोरोना महामारीविरुद्ध लड्न सहज हुन्छ ।
त्यसैगरी स्थानीय तथा प्रदेश सरकारले केन्द्रले दिएको निर्देशन र गाइडलाइन अनुसार क्वारेन्टिन, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित गरिदिए महामारीसँँग लड्न सजिलो हुन्छ । विगतबाट सिकेको पाठलाई आत्मसाथ गर्दै महामारीविरुद्ध लड्न सबै तह र क्षेत्रबीच सहकार्य आवश्यक छ ।
गतवर्ष महामारीविरुद्ध लड्न लकडाउन गरिएको थियो, जसका कारण मानिसको आवगमन कम भएकाले संक्रमण विस्तारै फैलिन्थ्यो । अहिले त संक्रमण हामीभित्रै छ । विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।
कन्ट्याक्ट ट्रेसिङका लागि हामीले प्रदेश हुँदै ७५३ वटै पालिकालाई जिम्मा दिएका छौं । पालिका मातहतमा रहका हेल्थ पोस्ट, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, अस्पताललगायतलाई विश्व स्वास्थ्य संगठनले दिएको फण्डबाट जनशक्ति व्यवस्थापन भएको छ । हामीले पनि जनशक्तिहरु खटाएका छौं । कन्ट्याक्ट ट्रेसिङ गर्ने जनशक्तिलाई तालिम, निर्देशिका र एन्टिजेन किट उपलब्ध गराएका छौं ।
पछिल्लो उदाहरण हेर्ने हो भने पोखराको इन्जिनियरिङ क्याम्पसमा ४० जना भन्दा बढी संक्रमित भए । त्यहाँ कन्ट्याक्ट ट्रेसिङ गरेर ४ सय जनाभन्दा बढीको स्वाब लिइयो र ७० जनामा संक्रमण देखिएको थियो । भक्तपुरको वीरेन्द्र सैनिक स्कुलमा भएको आउटब्रेकमा भक्तपुरको कन्ट्याक्ट ट्रेसिङको टिमले लिड गर्‍यो । यूके भेरियन्ट देखिएका एक मानिस न्यूरोडको सहकारीमा काम गर्दा रहेछन् । यहाँ पनि पालिकाको सक्रियतामा कन्ट्याक्ट ट्रेसिङ गरियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले कन्ट्याक्ट ट्रेसिङका लागि नीतिहरु बनाउने र अनुगमन गर्ने गर्छ । स्थानीय तहले सकेन वा थप सहयोग गर्नुपर्ने भयो भने हामी आफैं मैदानमा पनि जान्छ । तर सकेसम्म स्थानीय तहलाई प्रोत्साहन दिने नीति छ, किनकी उनीहरु नै प्रभावकारी हुन्छन् ।
यतिभन्दा भन्दै पनि कन्ट्याक्ट ट्रेसिङका लागि अरु धेरै पक्षको सहयोग आवश्यक हुन्छ । हरेक घर परिवारले सहयोग गरेन भने कन्ट्याक्ट ट्रेसिङ सम्भव हुन्न । कतिपय ठाउँमा स्वाब लिन जाँदा ‘मलाई लक्षण छैन वा मलाई केही भएकै छैन’ भनेर स्वाब नदिएका पनि छन् । यो प्रवृत्ति समाजकै लागि घातक हुन्छ । समयमै संक्रमण पत्ता लगाएर आइसोलेटेड गर्न सकिएन भने जोखिम झन् बढ्छ ।
क्वारेन्टिन, कन्ट्रयाक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतका काममा हामी पर्फेक्ट छौं वा केही गल्ती नै भएको छैन भन्दिन । गर्दागर्दै कमी कमजोरीहरु भएका छन् । तर त्यसलाई सुधार्न लागिरहेका छौं । यसका साथै अरु चुनौतीहरु पनि छन् । सबै क्षेत्रले कोरोना महामारीको गम्भीरता नबुझ्नु हाम्रा लागि ठूलो चुनौती बनेको छ । महामारी नियन्त्रणका लागि लडिरहेका स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयको अभाव अर्को चुनौती हो ।
ईडीसीडीका पनि आफ्नै सीमाहरु छन् । हामीसँग पहिलेदेखि नै सानो टिम छ । त्यसमाथि कोरोनामा केन्द्रित हुँदा ओलौ, कालाजारलगायत सर्ने तथा अन्य नसर्ने रोगहरुविरुद्ध नियमित रुपमा गर्नुपर्ने कामलाई प्रभावित हुन पनि दिनुभएको छैन । यस्ता समस्या सल्टाउँदै हामी महामारीविरुद्ध लडिरहेका छौं । हामीले सबै गरिसक्यौं र गर्न बाँकी केही छैन भनेर चुप लागेर बस्ने पक्षमा छैनौं । हामी त महामारीविरुद्ध लडिरहेका छौं । अन्य पक्षले पनि लडाईं अझै बाँकी छ भन्ने यथार्थ बुझिदिए संक्रमणलाई कम गर्न सकिन्छ ।
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित) साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑