काठमाडौं / महायान,बज्रयान बुद्ध धर्म दर्शनया ज्ञाता बौद्ध विदुषि सुमति बज्राचार्यद्वारा लिखित “पञ्च स्कन्ध हे पञ्चबुद्ध” तथा “बुद्ध धर्ममा मांसको सन्दर्भ” नांमका दुई पुस्तकको एक कार्यक्रमकाबीच गुणाकर महाविहार, छुस्या बहालमा आज चैत २१ गते शनिबार विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति डा. ह्रदय रत्न बज्राचार्य र लोटस रिसर्च सेन्टरका अध्यक्ष सुरेन्द्र बज्राचार्यले यी पुस्तकहरुको विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा पञ्च स्कन्ध हे पञ्च बुद्ध पुस्तक बारे लेखक बौद्ध विदुृषि सुमति बज्राचार्यले जानकारी गराउनु भएको थियो । त्यसैगरी बुद्ध धर्ममा मांसको सन्दर्भ पुस्तक बारे भक्तपुर बहुमुखी क्याम्पसका उप प्रा. उर्मिला ताम्राकारले समीक्षा गरेका थिए । महायान बौद्ध समाजको आयोजनामा पुस्तक विमोचन कार्यक्रम भएको थियो । कार्यक्रममा बौद्ध विद्धानहरु प्रा. डा. ह्रदय रत्न बज्राचार्य, सुरेन्द्र बज्राचार्य , बज्राचार्य पुजा विधि संस्थाका दीपक बज्राचार्य, धर्मोदय सभाया उपाध्यक्ष सागरमान बज्राचार्य, बज्राचार्य समन्वय परिपदया अध्यक्ष अनार बज्राचार्य, नेपाल बज्रयान महासंघया अध्यक्ष राजेन्द्रमान बज्राचार्य, त्रिभुवन विश्व विद्यालयका प्रा.डा. गौतम वीर बज्रानचार्यले मन्तव्य राख्नुभएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५