काठमाडौं / कोरोना संक्रमणको संभावित त्रासका कारण स्वास्थ तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छ । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो ।
सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५