हिसि ज्यापू
काठमाडौं / साहित्य तथा चलचित्र क्षेत्रमा समेत सक्रिय सञ्चारकर्मी फूलमान बललाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरिएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि बललाई उक्त पदमा नियुक्त गरेको हो ।
यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो ।
महाप्रबन्धक पदका प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।
यसरी नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्ति पाउने फूलमान संभवत प्रहिलो आदिवासी जनजाति चलचित्रकर्मी हुन् । काभ्रेपलाञ्चोमा जन्मेका फुलमान लाम्मो समयदेखि पत्रकारिता साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । आइफाको ९ महिने चलचित्र निर्देशन कार्यशालापछि उनले
निर्देशन गरेको सेलफोन नामक शर्ट फिल्मले २०१२ को निफ अवार्डमा पानोरामा अवार्ड जित्न सफल भएको थियो । एउटा अलग विषय र ठूलो बजेटको फिल्म “निरफूल “उनको निर्देशनमा बनेको महत्वाकांक्षी फिल्म हो । कोरोना महामारीका कारण उनको यो फिल्म प्रदर्सनको मुखैमा पुगेर रोकिएको थियो ।
लामो समय कान्तिपुर पत्रिकाको कला संस्कृति बिभागका सम्पादकका रुपमा पनि उनले कार्य गरेका थिए ।
सुभाय् पोस्टका सहयोगी समेत रहनुभएका प्रतिभाशाली शालिन सिर्जनात्मक व्यक्ति नेपाल टेलिभिजनको गरिमामय महाप्रबन्धक पदमा नियुक्त भएकोमा हार्दिक वधाई तथा कार्यकालको सफलताको कामना गर्दछौं ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५