काठमाडौं / वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको निधन भएको छ । गत दुई हप्तादेखि उहाँ मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । केही दिनदेखि उहाँ कोमामा हुनुहुन्थ्यो । हिजो मंगलवार बिहान ७ बजे उहाँको निधन भएको पारिवारिक सूत्रले जानकारी दिएको थियो ।
स्व. श्रेष्ठ ८९ वर्षको हुनुहुन्थ्यो ।
स्व. श्रेष्ठ वामपन्थी राजनीतिका प्रख्यात ज्ञाता हुनुहुन्थ्यो तर दलीय रुपं कुनै पार्टीसँग आवद्ध हुनुहुन्न थियो । एकताका उहाँले वाम एकताको लागिं ठूलो प्रयास गर्नु भएको थियो ।
नेपालभाषामा उहाँको कृति ‘समालोचनाया सिद्धान्त’ अति नैं लोकप्रिय रहेको छ । प्रा. श्रेष्ठले एकताका नेपालभाषा केन्द्रीय विभागमा साहित्य विषयमा अध्यापन गर्नुभएको थियो ।
उहाँले पत्रकारिता पनि गर्नु भएको थियो । नेपाल भाषाको पहिलो दैनिक पत्रिका फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशित हुने नेपालभाषा पत्रिकामा पनि लामो समय काम गर्नुभएको थियोे ।
उहाँ तत्कालीन काठमाडौं नगरपालिकाका निर्वाचित वडा सदस्य पनि हुनुहुन्थ्यो । यो २०१७ साल अगाडिको कुरा थियो । त्यतिबेला नगरपालिकाबाट स्थानीय मातृभाषा नेपालभाषालाई पनि मान्यता दिलाउने कार्यमा उहाँको विशेष भूमिका रहेको थियो ।
उहाँको श्रीमती सिलु सिंह नेपालका प्रथम महिला न्यायाधीश हुन् । सिंहको दुई वर्ष अगाडि देहावसान भएको थियो ।
स्वर्गीय प्रा. श्रेष्ठका दुई छोरामध्ये जेठो छोरा डा. मलखलाल श्रेष्ठ जर्मनीमा चिकित्सा क्षेत्रमा आवद्ध हुनुहुन्छ उहाँ प्रसिद्ध मुटु विशेषज्ञ हुुुुुनुहुन्छ । प्रा. श्रेष्ठको अन्तिम संस्कार सम्बन्धी कार्य जेठो छोरा काठमाडौं आएपछि मात्र हुने परिवार स्रोतले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५