• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

पोखरा विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय हवाइ उडानको तयारी थाल्न आग्रह!


सुभाय् संवाददाताMarch 16, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान संचालनको लागि तत्काल पहल गर्नु थाल्नुपर्ने आवाज उठेको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले सरोकारवालासँगको छलफलमा विमानस्थल निर्माण भएसँगै संचालनको लागि अन्तर्राष्ट्रिय हवाइ उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।
पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएसँगै केही बाधा अड्चन आएकोले त्यसलाई सम्वन्धित निकायले समयमै समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन् ।
पोखरा विमानस्थल कार्यान्वयन इकाई परामर्श समितिका इन्जिनियर याम बहादुर भण्डारीले हालसम्म विमानस्थल निर्माणको कार्य अन्तर्गत भौतिक प्रगति ७२ प्रतिशत सम्पन्न भएको बताए । उनले तीव्ररूपमा निर्माण अगाडी बढाउनका लागि दैनिक ३ सय चाइनिज र ४ सय नेपाली कामदारले काम गरिरहेको बताए ।
पोखरामा ल्याण्ड फिल्ड साइडको ब्यवस्थापन,इन्दन डिपो स्थापना,रिट्टेपानी डाँडा कटान,विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई ब्यवस्थापन गर्न,थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनियर भण्डारीले बताए ।
पोखराबाट अन्तराष्ट्रिय स्तरकै हवाई उडान हुने हुदा अब पोखरा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उनको भनाई छ । वाइडबडी (ठुलो जहाज) ल्याउन धावन मार्ग भएर मात्र नहुने बताउँदै इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले देश संघीयतामा गएपनि केन्द्रीकृत सोचका कारण त्यसको मारमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल समेत पर्न सक्ने आशंका व्यक्त गरे ।
उनले विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनुपर्ने बताए । पोखरा विमानस्थल निमार्ण भएसँगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीले दाबी गरे ।
पोखरा र अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुदा पोखरा क्षेत्रमा अन्तराष्ट्रिय हवाइ उडान भएसँगै यसले उडान चलायमान गराउन सक्ने प्रमुख भण्डारीले दाबी गरे । उनले भने, ‘सिंगापुरमा पर्यटकको बसाई अवधि ३ दिनको हो,नेपालमा पर्यटकको बसाइ अवधि १२ दिन मानिन्छ,सिंगापुरमा एक करोड पर्यटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ ।’
पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्व शंकर पालिखे अबको ४ महिना पछि पोखरा विमानस्थल निर्माण कम्पनीले सरकारलाई विमानस्थल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए । उनले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपनि विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गरे ।
विमानस्थल निर्माण कार्य सकिन लागेपनि पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्नको लागि हालसम्म सरकारले खासै पहल नगरेका कारण अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने उनले बताए ।
३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्ता व्यक्त गर्दै पालिखेले पोखराको वरिपरि डाँडा काँडा भए पनि ३ हजार मिटरको रन वे भएमा अन्तराष्ट्रिय हवाई उडान हुन सक्ने दाबी गरे ।
नेपाल आउने सिमरा र नेपालगन्जको मात्र हवाई मार्ग भएकोले हवाई ट्राफिक जाम हुने हुँदा भारतसँगको सहकार्यमा हवाई उडान गर्दा समन्वय गर्नु पर्ने अबस्था रहेको पालिखेको भनाई छ । पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि त्यसलाई दिगो रुपमा संचालन गर्नका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए ।
पोखरामा करिब १० लाख पर्यटक भित्रिदै आएकोमा अन्तराष्ट्रिय विमानस्थल संचालन भएपछि बार्षिक २५ लाख पर्यटक भित्र्याउन सक्ने उनले दाबी गरे । जग्गा अधिग्रहण गर्ने बिषयमा पटक पटक स्थानीयलाई दुःख दिनु भन्दा आवश्यकताको आधारमा उचित मापदण्ड तयार गरी उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने त्रिपाठीको भनाइ छ ।
रासस

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑