• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

पूण्यभूमि नेपालमण्डलको पवित्र द्वादस तीर्थका कुराहरू !


सुभाय् संवाददाताFebruary 12, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

-हिसी ज्यापु
प्राचीन नेपालमण्डल ऐतिहासिक पुरातात्तिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेकोले तथ्य (कुरा) सर्वविदितै छ । यस क्षेत्रलाई पूण्यभूमिको रुपमा पनि लिईएको छ । यहाँको धार्मिक सांस्कृतिक पक्ष र यहाँ परम्परादेखि मानि आएका धेरै तिर्थस्थलहरुको बारेमा विभिन्न ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ ।
स्वयम्भू पूराणमा प्राचिन नेपालमण्डलको केन्द्रको रुपमा रहेको कान्तिपुर महानगर र यसको वरिपरि पवित्र १२ तीर्थ रहेको उल्लेख गरिएको छ । ‘यसलाई द्वादस तीर्थ ’नाम दिइएको छ । द्वादस तीर्थको महिमा र यसको धार्मिक ऐतिहासिक महत्व बारे विकास रत्न बज्राचार्य द्वारा सम्पादित द्वादस तीर्थ महात्म्य ग्रन्थमा पनि उल्लेख गरिएको छ । ‘द्वादस तीर्थ मदात्म्य’ ग्रन्थका सम्पादक बौद्ध विद्धान विकाश रत्न बज्राचार्यका अनुसार नेपाल मण्डलको द्वादस तीर्थ धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । दथतभ
एक नदी विभिन्न स्थानबाट बग्दै आउँदा उसले बग्ने बाटोमा रहेका त्यहाँका रसायनहरु पनि सँगै बगाएर ल्याउँछ । जब दुई नदीको संगम हुन्छ त्यहाँ दुई नदीका पानीमा मिसिएका रसायनहरुको रसायनिक प्रतिक्रिया हुन्छ यसरी हुने रसायनिक प्रतिक्रियापछि उत्पन्न हुने नयाँ रसायनले मानव शरीरमा रहेका विभिन्न विकार हटाउने कार्य गर्ने कुरा प्राचिन आचार्यहरुले अध्ययन गरेर सोधगरेपछि प्रयोगमा ल्याएका तथ्यहरु छन् । यस्ता तीर्थस्थलमा स्नान गर्दा शरीरका विभिन्न विकारहरु नाश हुने तथा मानिसको शरीरमा कमी रहेका तत्वहरु पूर्ति हुने गर्दछ । यसले मानिस शारीरिक तथा मानसिक रुपले स्वस्थ्य हुन्छ ।
यस्ता पवित्र तीर्थहरुमा आचार्य गुरुहरुद्वारा धार्मिक अनुस्थान गरी ज्ञान, शील आदि प्रदान गर्दा त्यहाँ आउने उपासक उपासिकाहरुको शारिरीक मानसिक तन्दुरुस्ति बढ्नुका साथै पूण्य पनि बढ्दछ । द्वादस तीर्थको यस कारण पनि महत्व रहेको छ ।
तीर्थको अर्थ द्वादस तीर्थ महात्म्यका अनुसार परिभाषा दिने हो भने दुई अथवा दुईभन्दा बदी नदीको समागम हुने सकारात्मक उर्जाशील क्षेत्रलाई तीर्थ भनिन्छ ।
नेपालमण्डल भित्र कान्तिपुर क्षेत्रमा १२ वटा तीर्थको महात्म्य उल्लेख गरिएको छ । जसमध्ये पूर्वतिर गोकर्णदेखि राजतीर्र्थ–सानेपासम्म ४ वटा तीर्थ बागमती किनारमा रहेका छन् । पश्चिमपट्टि विष्णुमति किनारमा टोखा दोभान मनोरथ तीर्थदेखि ज्ञानतीर्थ करखुशी दोभान सम्म ४ बटा तीर्थ रहेका छन् भने दक्षिणतिर टेकुदेखि ङेखुसम्म सम्म ४ वटा तीर्थहरु रहेका छन् । क्रमबद्ध रुपमा भन्नुपर्दा पवित्र द्वादस तीर्थ अर्थात् १२ तीर्थहरु यस प्रकार रहेका छन् ।
१. पूण्य तीर्थ–गोकर्ण
२. शान्त तीर्थ– गुहेश्वरी
३. शंकर तीर्थ– शंखमोल
४. राजतीर्थ– सानेपा टेकु
५. मनोरथ तीर्थ– टोखा दोभान
६. निर्मल तीर्थ– भचाखुसी शोभा भगवती ७.
निधान तीर्थ–लखु तीर्थ
८. ज्ञान तीर्थ– क¥हखुसि
९. चिन्तामणि तीर्थ – टेकुदोभान
१०. प्रमोद तीर्थ – दानगा खुसि
११. सुलक्षण तीर्थ–भाजंगाः
१२. जय तीर्थ–ङेखु –
यी सबै तीर्थहरु अवस्थित क्षेत्रको चित्र उतारेर हेरे कमलको फूलको पत्रको आकारको देखिन आउँछ ।
हरेक तीर्थहरुको आ–आफ्नै विशेषता रहेका छन् । तीर्थहरु अवस्थित क्षेत्रको सूक्ष्म अध्ययन गर्दा हरेक तीर्थमा नदीहरुको समागम हुँदा नदी समागम स्थलभन्दा माथिल्लो भागमा अंग्रजी अक्षर V आकारको क्षेत्र बनाएको हुन्छ । यस क्षेत्रलाई बज्रयान बुद्धधर्म संस्कृतिमा धर्मोदय भनी उल्लेख गरिएको छ ।
यो क्षेत्रमा निकै उर्वरशील हुन्छ । उर्वराशक्तियुक्त हुन्छ । यस्तो पवित्र स्थलमा धर्म उत्पन्न हुन्छ । यहाँ धर्मको अर्थ बोट विरुवा विविध वस्तु देखी मानवको सकारात्मक सोच र त्यस सकारात्मक सोच अनुसार व्यवहारमा आउने सबै तथ्यहरुलाई लिईएको छ ।
धर्मको अर्थ केवल यहाँ केवल पूजा पाठ मन्त्रोचरण र होम गर्नुलाई मात्र सीमित गरिएको छैन ।
मानव विकाशको सभ्यताको इतिहास पल्टाएर हेर्ने हो भने पानी अर्थात् जलसंग मानिसको गहिरो सम्बन्ध रहेको स्पष्ट देखिन्छ ।
पानी मानव जीवनको आधार पनि हो त्यसैले पानीलाई माता समान ‘मामकी’ भन्ने प्रचलन बज्रयान संस्कृतिमा रहेको छ । मामकी स्वभाव करुणामयी हो ।
सबै जगतसत्व प्राणीको प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतिपालन गरि आएको देवताको रुपमा लोकेश्वरलाई मानिन्छ । यी लोकेश्वरहरुको गुण स्मरण गर्नु सभ्य मानिसको कर्तव्य हुन आउँछ । नेपालमण्डलका पवित्र द्धादस तीर्थहरुमा १२ लोकेश्वरहरुको गुणानुस्मरण सहित कथा वाचन श्रवण र पूजा गर्ने चलन पनि रहेको छ ।
त्यसैगरी हरेक तीर्थमा नव ब्याकरणका फरक फरक सूत्रहरु पाठ गर्ने गरिन्छ ।
जस्तै आर्य ललितबिस्तर सूत्र ,लंकावतार सूत्र,सुवर्ण प्रभास सूत्र आदि ।
हरेक तीर्थको सुरु पीठ हुने गर्दछ । पीठको अर्थ केन्द्र हो । धर्मभिरु मानिसहरुको जमघट हुने केन्द्र, साधना गर्ने साधकहरुको केन्द्र, समाज कल्यान हेतु आध्यात्मिक एवं व्यावहारिक प्रयोगहरु गर्ने भूमि । यस्तो भूमि १२ किसिमको रहेको ‘हेबज्र तन्त्र’ ग्रन्थमा उल्लेख गरिएको छ ।
१२ भूमि १२ अक्षर अ.आ.ई.ई. …….स्वराक्षर (ख्यधभ िकयगलम) सँंग सम्बन्ध रहेको तथ्य रविश्रीभिक्षु कृत बहूचर्चित अमृतकर्णिका टीका (सूत्र) मा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकाको स्थापना अथवा यसको उत्पतिको सम्बन्ध स्वयम्भूसँग जोडिएको छ ।
स्वयम्भू पूराणमा १२ तीर्थ अर्थात द्धादश तीर्थको उत्पति बारे ब्याख्या गरिएको छ ।
बौद्ध विद्धान यज्ञमानपति बज्राचार्यका अनुसार स्वयम्भू महाचैत्यमाथि १३ तह रहेको छ । यसलाई त्रयोदश भूवन पनि भनिन्छ । यी भूवनमध्ये सबैभन्दा माथि रहेको अकनिष्ट भूवन अर्थात बज्रभूमि हो भने त्यसमूनि अरु १२ तह रहेका छन् । यी १२ तहलाई द्वादश भूमि पनि भनिन्छ । द्वादश पारमिता पनि भनिन्छ । अनि यसैलाई अहिले आएर द्वादश अक्षर पनि भन्ने विद्धानहरु छन् । यस द्वादश भूवनले संकेत गर्ने अर्को नाम हो ‘द्वादश तीर्थ’ यस भूवनलाई ज्ञानको तहको रुपमा द्वादश भूमि, द्वादश पारमिता, द्वादशाक्षर, द्वादश पीठ विषय सहित उल्लेख गरिएको तथ्य स्मरणीय हुन आउँछ ।
यस प्रकार बज्रयान बुद्ध धर्म अनुसार काठमाडौं उपत्यकाको उत्पत्तिको केन्द्रका रुपमा लिइएको स्वयम्भू महाचैत्य र द्वादश तीर्थको सम्बन्ध रहेको देखिन आउँछ ।
यहाँनिर स्वयम्भूको पनि केही ऐतिहासिक तथा धार्मिक पक्षबारे चर्चा गर्नु उपयुक्त हुन आउँछ ।
स्वयम्भू…………
द्वादश तीर्थको महत्व र यसको प्राचिन कालदेखि देश बिदेशमा समेत पूण्यभूमिको रुपमा चर्चा हुने गरेको तथ्यहरु पनि ग्रन्थहरुमा उल्लेख पाइन्छ । यसको दर्शन गर्न विभिन्न स्थानबाट विद्धानहरु नेपाल आएका तथ्यहरु इतिहासका कालखण्डमा उल्लेख भएको पाईन्छ ।
यसरी बिदेशबाट द्वादश तीर्थको महात्म्य सुनेर यसको दर्शन गर्न आउनुहुने प्रमुख व्यक्तिहरुमध्ये एक हुन् शान्तिकराचार्य जसले स्वयम्भू महाचैत्यको निर्माण गरेका थिए । उनि शान्तिपुरमा अहिलेसम्म पनि अस्फानिक योग ध्यानमा बसी जीवितै रहेको विश्वास गरिन्छ । उनि गौढ देश हालको बंगालका राजा प्रचण्डदेव थिए । द्वादश तीर्थ महात्म्यबाट प्रभावित भई पछि उनले गुणाकर वज्रबाट बज्राचार्य दीक्षा लिई शान्तिकराचार्य भएका थिए उनी ।
यस्ता धेरै व्यक्तिहरु द्वादश तीर्थ दर्शन गर्न नेपाल आएको इतिहासमा उल्लेख गरिएको छ ।
स्वयम्भू पुराणमा तत्कालिन नेपालमण्डललाई अमिताभ तथागतको सुखावति भूवनसँग तुलना गरिएको छ ।
त्यस ग्रन्थमा शाक्यमुनि तथागतले देशना भएको भनी यसरी उल्लेख गरिएको छ ः
जसलाई बोधिज्ञान लाभ गर्ने अभिलाषा हुन्छ उनीहरुले नेपालमण्डल भ्रमण गरि १२ तीर्थमा स्नान गरी अष्टबैतराग स्थान स्वयम्भू , नैरात्म्यदेवी तथा मन्जुश्रीको दर्शन गरी पूजा गर्नुपर्नेछ । अनि उनीहरुले बोधिचित्त उत्पत्ति गरी दान पारमितादि चर्या गर्नुपर्ने छ ।
अष्टबैतरागको अनुशंशा श्रवण गर्नुभई मैत्रेय बोधिसत्वले द्वादश तीर्थमा स्नान गर्नुभई पूजा गरी अनुशंशा श्रवण गर्नुभएको कुरा स्वयभू पुराणमा उल्लेख छ ।
द्वादश तीर्थको महत्वको बारे धेरै नैं चर्चा परिचर्चा गरिएको भेटिन्छन् ।
यस्तो महत्वका विषयहरुको थप अध्ययन अनुसन्धान गर्न अझ धेरै कार्यहरु भने बाकी नै रहेका छन् ।
क्रमश…..

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑