• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 21, Jul, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

भूमाफियाबाट कमल पोखरी जोगाउन मेयरको नेतृत्वमा मध्यपुर थिमिबासीले धर्ना दिए


सुभाय् संवाददाता February 9, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमल पोखरीलाई भूमाफियाको चंगुलबाट जोगाउँन मध्यपुरथिमिका सयौ बासिन्दा उर्लिएका छन् । भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नु पर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधी एवं कमल पोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन् ।
माघ २७ गते मध्यपुरथिमि बोडे, नगदेश लगायतका बासिन्दा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधीह र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीय बासिन्दासहित सयौले अदालत अगाडि कमल पोखरी जोगाउन माग गर्दै प्ले कार्ड बोकेर प्रर्दशन गरेका छन् ।
स्थानीय बासिन्दाले परापूर्वकालदेखि सार्वजनिक रुपमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको उक्त पोखरीको अवैध दर्ता एवं किनबेच भएपछि यसलाई सार्वजनिक रुपमा नै कायम गर्दै जोगाउन सयौ नगरवासी उर्लिएको समितिका संयोजक चक्रधरले बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरु सानो छदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको आफूले थाहा पाएको बताउनुभयो ।
भक्तपुर जिल्ला अदालतले सार्वजनिक पोखरी नै रहने फैसला गरेलगत्तै मध्यपुरथिमि नगरपालिकाले पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यका रु. ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरु गरिसकेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
फैसला भएको भोलीपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सम्याउँने र सफा गर्ने काम गरेको थियो । उहाँले भन्नुभयो—“यो धार्मिक एवं साँस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट संचालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने गरी गुरुयोजनासहित काम अगाडि बढाएका छौ ।”
तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरि मनाङ घरभई काठमाडौँको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको हो ।
जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पेनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ । सार्वजनिक पोखरीलाई व्यक्तिको नाउँमा दर्ता गरी बिभिन्न व्यक्तिलाई बिक्री गरेपछि स्थानिय बासिन्दाले विरोध गर्दै आएका छन् ।
त्यसपछि बोडे, नगदेशका बासिन्दाले संघर्ष समिति नै गठन गरेर व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रुप मै फर्काउन माग गर्दै दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते मंगलबार न्यायधीस मातृकाप्रसाद मरासिनीको इजलासले बोडे क्षेत्रको उक्त कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएको थियो ।
बोडेको यो कमल पोखरीमा फुलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौँ वर्षदेखि रहेको स्थानीय बासिन्दा एवं वडा नं. ९ का वडाध्यक्ष रामकाजी चक्रधरले जानकारी दिनुभयो ।
पोखरी किनबेच भएपछि केही व्यक्तिले पोखरी पुरेर भवन बनाउन माटो ल्याउँदा स्थानीयले थाहा पाएर लखेटेको बताउँदै उहाँले ऐतिहासिक पोखरीलाई पोखरी कै रुपमा कायम गर्ने बताउनुभयो ।
संरक्षण समितिका संयोजक चक्रधरले भूमाफियाले सार्वजनिक पोखरी नै दर्ता गरेर बिक्री गरेको बताउँदै यसलाई सार्वजनिक पोखरी कै रुपमा फर्काइनु पर्ने बताउनुभयो । जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गर्नुपर्ने स्थानीयको माग रहेको उहाँले बताउनुभयो ।
सार्वजनिक पोखरीलाई व्यक्तिका नाममा दर्ता गरेर ऐतिहासिक पोखरीमा कुनै पनि संरचना बनाउने सपना नदेख्न पोखरी खरिदकर्तालाई आग्रह गर्दै स्थानीय वीरेन्द्र जयनाले कमलपोखरीलाई कुनैपनि हालतमा स्थानीयले पोखरी कै रुपमा कायम गर्ने बताउनुभयो ।(समाचार सहयोगमा)

सम्बन्धित पोस्ट
  • मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व
  • अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक
  • बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

    अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

    बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

    अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

    बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑