• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुभूमा सम्पदा विरुद्ध सरकारको कदमप्रति सर्वदलीय तथा संस्थागत बिरोध !


सुभाय् संवाददाता February 8, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

लुभु ,ललितपुर , माघ २३/ लोकहित श्री कल्याणकारी समाज, लुभूको पहलमा सर्वदलिय नेतृत्वस्तरीय भेला महालक्ष्मी न.पा.–८ घाफलमा सार्वजनिक भेला सम्पन्न भयो ।
प्राचिन ऐतिहासिक देय् लुभूमा अवस्थित नेपाल सम्वत् ८१९ ऐतिहासिक शिलालेख भएको तथा दुईहजार वर्ष पहिले सम्राट अशोकको लुम्हू (सुर्वण छत्रपुरी) भ्रमण ताका स्थापना भएको जनश्रुति रहेको क्वय् लाछि अवस्थित चिःबहा (चैत्य) र सँगैको गणेश मन्दिरमा राज्यबाट भएको निन्दनीय प्रहार र भविष्यमा हुनसक्ने सम्पदा एवं साँस्कृतिक विनासको विषयमा महालक्ष्मी न.पा.मा राजनैतिक प्रतिनिधित्व गर्ने, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी (क्रान्तिकारी), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, जनसमाजवादी पार्टी, राष्ट्रिय जनता दलको आकस्मिक छलफल गरी सो भेला तय गरिएको थियो ।
सो छलफलमा, गत आमनिर्वाचनका नगरप्रमुख उम्मेदवार, नेकपाका क.शिव कट्टेलजुले कुनैपनि अवस्थामा प्राचिन, साँस्कृतिक सम्पदाहरुको संरक्षण हुनु पर्ने, आधुनिक विकास र विस्तारका लागि बैकल्पिक व्यवस्था गर्नुपर्ने एवं विगतमा जस्तै एकतर्फीबाटो संचालन गरे हाललाई कुनै समस्या नै नहुने बताउनु भयो । स्थानीय समाजसेवी बालकृष्ण श्रेष्ठजुले विकासका लागि फराकिलो बाटो अनिवार्य भएको, सो को हालसम्म कुनै बैकल्पिक व्यवस्थाबारे छलफल नभएको हुँदा यथास्रिघ आधिकारिक छलफल गरी जनसमाजमा भएको अन्यौलतालाई समाधान गर्नुपर्ने, बाटोको मापदण्ड दाँयाबाँया कति मिटर, कतिवर्षसम्म मान्य हुने प्रष्ट गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । नेकपा माओवादी (क्रान्तिकारी) प्रदेश नं ३, केन्द्रीय सदस्य एवं, अखिल नेपाल क्रान्तिकारी ट्रेड मजदुर युनियन, प्रदेश नं ३ का संयोजक एवं विगत ३ वर्ष अघि बसाई सरी लुभूबासी हुनुभएका श्री अर्जुनलाल श्रेष्ठजुले सँस्कृति, सम्पदा राष्ट्रको पहिचान र धरोहर भएको, सबैको साझा हुन्छ, आफ्नो पनि श्रद्धा, आस्था र प्रेम रहेको बताउनु भयो ।
त्यसै गरी, सार्वजनिक भेलामा, क्वयलाछी कै हरिदास श्रेष्ठले सम्पदा विनाशबाट जोगाउन सचेत गराउन खोज्दा नानाथरी लान्छाना लगाउदै जनप्रतिनिधिकै रोहबरमा आउनुभएका महानुभावहरुको हिंस्रक व्यवहार, अशभ्य बोली … सहमत नहुनेलाई ज्यान नै लिन पनि पछि नपर्ने कडा बचन बोलेको र दुव्र्यवहार गरेकोमा दुःख लागेको बताउनु भयो । नेवाः देँय दबुँ, लुभू कचाः (शाखा) का सदस्य श्री राम शाही जुले यसप्रकारका दमनमुखी विनाशले लुभूको सभ्यता र ऐतिहासिक पहिचान नै खतरामा परेको प्रति सचेत हुन आग्रह गर्नुभयो । स्थानीय सम्पदाप्रेमी योगेश श्रेष्ठले जनप्रतिनिधिजुहरुमा स्वविवेक, स्वनिर्णय र स्थानीय अधिकारको सहि सदुपयोग गर्न नसकेको गुनासो गर्दै निकास र विकासका योजना ल्याउदा सही स्थान चयन गर्नुपर्ने विचार राख्नु भयो भने, वडा–८, लुभूका वडासदस्य श्री अनिल श्रेष्ठजुले यसबारेमा वडामा कुनैपनि छलफल नभएको, र आफूलाई पनि सम्पदा क्षेत्रमा भएको लापरवाही चीत्त नबुझेको, हालसम्म आफूले कुनैपनि आधिकारिक जानकारी नपाएको बताउदैं संविधान र कानुनभन्दा माथि कोही पनि बस्न नहुने र कसैले हिंस्रक–अनुशासनहिन–अव्यवहासिक कार्य गरे कानुनी सजायको भागी हुनुपर्ने हुँदा अनुशासित र संयमिति भई जनसमाजमा प्रस्तुत हुन सहकर्मीहरुमा आग्रह गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेपाली काँग्रेसका नगर सभापति दिवाकर केसीजुले समाजका गहण पक्षको सुधारै गर्दा पनि प्रमुख प्रतिपक्ष प्रतिपक्ष, एवं जनसमाजमा सूचना हुनैपर्ने तथा स्वीकृति लिनै पर्ने अडान राख्दै यो मुलुक र समाज दुईतिहाईको मात्रै नीजी पेवा नहुने बताउदै जनसमाज सचेत र जागरुक रहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै नगर विकास समिति पनि मात्रै स्थापना भएको तर, धेरै अनुरोध गर्दा नियमित बैठक सम्म पनि हुन नसकेको जानकारी गराउनुभयो । नेकपा (क्रान्तिकारी) का महालक्ष्मी नपा सचिव क. बलिजंग श्रेष्ठ जुले सदियौंदेखि चलिआएको सँस्कार,
सँस्कृति र सम्पदामा मात्रै ५ वर्ष कार्य जिम्मेवार पाएका जनप्रतिनिधिहरुले प्रहार गर्न नमिल्ने र भविष्यमा हिसाब–किताब दिनुपर्ने कुरामा सजग हुन अनुरोध गर्नुभयो ।
उपत्यका सडक विस्तार पिडित संघर्ष समितिका, ललितपुर संयोजक श्री अशोक महर्जन जुले राज्य विकासको
बहानामा, सदियौंदेखि लुटिदैं आएको आदिवासी, मूलबासीको जग्गा खोस्ने बदमासी प्रवृति संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि अन्त्य नभएकोमा दुःख लागको बताउनुभयो । त्यसैगरी हरिसिद्धिबाट उपस्थित हुनुभएका सम्पदाप्रेमी शान्त बहादुर महर्जनले हरिसिद्धिमा रहेको ऐतिहासिक ईनार हटाउन खोज्दा रोक्का गर्र्ने, आफूलाई जानकारी नदिई साँस्कृतिक सम्पदाक्षेत्रमा कुनैपनि विकासनिर्माणका कार्य नर्गनु भन्ने पुरातत्व विभागले यस लुभू नगरको साँस्कृतिक सम्पदा बिनाश हुँदा पनि किन मौनसमर्थन गरेको भनी आक्रोशित भई प्रतिप्रश्न गर्नुभयो ।
त्यस्तै गरी, वामपन्थी विचारधाराका वरिष्ठ राजनीतिज्ञ, साँस्कृतिक व्यक्तित्व स्थानीयवासी श्री चन्द्र बहादुुर गुभाजु (बज्राचार्यंं) जु ले कम्युनिष्ट सिद्धान्तको अनुशरण गर्दैमा आफ्नो धरातलिय सँस्कृति, संस्कार, पहिचान र सम्पदाको विनाश गर्न नै नहुने स्पष्ट विचार राख्दै आफ्नो क्षेत्रीय साँस्कृतिक विधिविधान विरुद्ध जानु विकास नभई आत्माघाती कदम हुनसक्ने तर्फ औंल्याउनु भयो । (सहयोगमा )

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑