• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

हजुरआमा : केही स्मृति


सुभाय् संवाददाताFebruary 7, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

रासा

सम्पत्ति :
हजुरआमा मलाई सम्झाउँदै हुनुहुन्थ्यो – हेर बाबु , तँ बुझ्ने भइसकिस् अब । मेरो कुरा राम्ररी सुन ! यो सबै सम्पत्ति तेरा बाजे-बराजुले जोडेका हुन् । तेरो बाबुले केही पनि जोडेन । सक्छस् भने यसमा अरू बढी जोड , सक्दैनस् भने नघटा !
म उहाँको कुरा ध्यानपूर्वक सुनिरहेको थिएँ । कुनै प्रतिक्रिया जनाउन सकिरहेको थिइनँ ।
अहिले म सोचिरहेको छु – मैले सम्पत्ति थप जोड्न त सकिनँ , तर घटाउन पनि घटाइनँ ।
**
पैसा :
म बुवासँग पैसा माग्न डराउँथें । मागे पनि दिनुहुन्नथ्यो । आमासँग पैसा नै हुँदैनथ्यो । माग्ने कुरै भएन । खाँचो परे हजुरआमासँग
माग्थें । उहाँले दिनुहुन्थ्यो ।
एक दिन । मैले हजुरआमासँग एक मोहर मागें । उहाँले झर्केर सोध्नुभयो – किन चाहियो ?
मैले भनें – चकलेट खान मनलाग्यो ।
उहाँले भन्नुभयो – जा , ऊ त्यो चोलीमा थैली बाँधिएको छ । त्यसबाट लि !
मैले त्यो सुर्केथैली खोलें , र पाँचको नोट झिकें । अनि , टाप कसें ।
**
चुरोट :
म हजुरआमाको कोठामा थिएँ । उहाँले कडा स्वरमा भन्नुभयो – राम्ररी हेरिराख , तेरी आमा आउलिन् ! म ढोकातिर हेरेर बसें । उहाँले चुरोट सल्काउनुभयो , र तान्न थाल्नुभयो । त्यो गैंडा चुरोट थियो ।
अचानक त्यहाँ आमा आइपुग्नुभयो । मलाई के गरूँ कसो गरूँ भयो । हजुरआमाले चुरोटको ठूटो सुकुलमुनि लुकाइसक्नुभएको थियो । आमा हाँसेर फर्किनु भयो ।
तँलाई ………..मलाई भन्नुु पर्दैन , तेरी आमा आएकी ! – हजुरआमाले रिसाएर भन्नुभयो । जवाफमा मैले डराएर भनें – मलाई थाहै भएन त !
सायद मेरी हजुरआमा आफ्नी बुहारीसँग धक मान्नुहुन्थ्यो , डराउनुहुन्थ्यो ।
**
नेलकटर :
हजुरआमाले मलाई नेलकटर दिंदै भन्नुभयो – तँलाई फोहोरी ! ला , नङ काट् !
म नङ काट्न बसें । बिस्तारै काट्न थालें ।
हजुरआमा बोल्नुभयो – तँलाई थाहा छ , त्यो कसको हो ? जवाफमा मैले भनें – हजुरको नि !
उहाँ पुनः बोल्नुभयो – होइन , त्यो तेरै हो ।
म असमञ्जसमा परें ।
तैंले नै मलाई राख्न दिएको थिइस् , बुझिस् ? – उहाँको बोलीमा कुनै शंका थिएन ।
त्यतिबेला हामी कक्षा चारमा पढ्थ्यौं । एक दिन हाम्रो स्कुलमा पाँचजना जापानीहरूको एउटा टोली आएको थियो । उनीहरूले हामीलाई अनेक उपहार दिएका थिए । मेरो भागमा नेलकटर परेको थियो । त्यही वस्तु मैले हजुरआमालाई दिएको थिएँ ।
करिब पन्ध्र वर्षपछि उहाँले मलाई उक्त वस्तु फर्काउनु भएको थियो । त्यति लामो समयसम्म उहाँले त्यो जतनका साथ राख्नुभएको थियो । मैले त बिर्सिसकेको थिएँ ।
म आमाको कोखबाट जन्में । तर , हजुरआमाको काखमा हुर्कें । र , उहाँकै छत्रछायामा बढें ।
आजभन्दा छब्बीस वर्षअघि उहाँ बित्नुभएको थियोे ।
**
( २०७७/२/२/६ )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑