• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नेपालमण्डल टेलिभिजनमा पुन: रमेश महर्जन


सुभाय् संवाददाताJanuary 11, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडाैं। नेपालको पहिलो मातृभाषाको टेलिभिजन नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुन: सर्वसम्मत निर्वाचित भएका छन्।
ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा शनिबार सम्पन्न भएको नेपालमण्डल टेलिभिजनको ९ औं साधारणसभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो।
यो उनको टेलिभिजन अध्यक्षमा दोश्रो कार्यकाल हो । साधारण सभाले सञ्चालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय, नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी कार्यकालमा नेपालमण्डल टेलिभिजनले देश भित्रको मात्र नभएर विदेशमा रहेका संघसस्थाहरूसँग मिलेर गुणस्तरीय कार्यक्रम, समाचारहरूको उत्पादन एवमं प्रसारण गर्ने बताए।
कार्यक्रम ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । सम्पन्न साधारणसभामा नेपालमण्डल टेलिभिजनको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने २ वर्ष अघि नेपालमण्डलले टेलिभिजनले आयोजना गरेको कलाकार मनराजा साँगितिक कार्यक्रमबाट उठेको रकमबाट  नेपाल मण्डल टेलिभिजन श्रस्ता सम्मान कोष पनि स्थापना गरेको छ। उक्त कोषको लागि संस्थापक सदस्य एवमं प्रबन्ध निर्देशक प्रकाशकाजी महर्जन, सञ्चालक समितिका सदस्यहरू मंगल महर्जन, शर्मिला महर्जन, उद्योगपति बाबुराजा महर्जनले रकम प्रदान गरेका थिए। त्यस्तै कार्यक्रममा नेपालमण्डल टेलिभिजनको प्रगतिको लागि ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सल्लाहकारहरू रामकाजी अवाले, बाबुराजा महर्जन लगायतले शुभकामना दिएका थिए।
स्मरणीय छ बिसं २०६८ सालको योमरी पून्हि ,मंसिर पूर्णिमाको दिन यस टेलिभिजनको स्थापना भएको थियो । नेपाल भाषा कला, संस्कृति, सम्पदा नेवा: राजनीति बिषय समेटेर यस टेलिभिजनले उल्लेखनीय कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑