इन्द्र श्रेष्ठ ,मोरङ/ मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्र कुमार श्रेष्ठको हत्यालाई लिएर नेवा: राष्ट्रिय संगठन नेेेवा: देेेेय् दबूूूले मोरङ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र पठाएको छ ।
पौष २१गते मंगलबार देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारको नेतृत्वमा एक टोलि मोरङ जिल्ला प्रशासन कार्यालय पुगि उक्त ज्ञापनपत्र त्यहाँको प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउन नेवा: देय् दबू केन्द्र , प्रदेश नं १ र मोरंङ्ग जिल्ला समितिका पदाधिकारीहरुको जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए ।
केन्द्रीय अध्यक्ष ताम्राकार , प्रदेश नं १ का संयोजक सोमबहादुर श्रेष्ठ , जिल्ला अध्यक्ष सुरेश श्रेष्ठको हस्ताक्षर रहेको उक्त पत्रमा मोरङ जिल्ला मिक्लाङ्जुङ गाउँपालिका वडा नं मा रहेको श्री सरस्वती आधारभूत विद्यालयका प्र अ. राजेन्द्र कुमार श्रेष्ठको हत्याको घट्नाप्रति देय् दबूको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । साथै मृतकलाई सहिद घोषणा गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि जोडदार माग गरेको छ ।
यसभन्दा अगाडि पुस ४ गते देय् दबूको प्रदेश नं १ का सहसंयोजक इन्द्र श्रेष्ठको नेतृत्वमा घट्ना स्थल मिक्लाङजुुुङ पुगेर अध्ययन गरि देय् दबूको प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने कार्य भएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५