• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 12, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

न्युरोडको आकाशमा छातै छाता !


सुभाय् संवाददाताDecember 29, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १०६ मिनेट

८ पुस, काठमाडौं । घोडेजात्राको दिन मनाइने पाँचरे जात्रामा न्युरोडवासी रथ तान्दै, सडक ढाकिने गरी नाच्छन् । यसरी खुसी मनाउन वर्षभरि यस्तो संयोग अरू दिन जुर्दैन ।

यो वर्ष त कोरोना भाइरसको महामारीका कारण पाँचरे जात्रामा पनि खुलेर नाच्न पाएनन् । त्यसमाथि लामो लकडाउनका कारण व्यापार व्यवसाय समेत ठप्प भएपछि मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीहरुलाई विक्षिप्त बनाउन पुग्यो ।

खस्किएको व्यापारलाई उकास्न मानिसहरुलाई न्यूरोडतर्फ ध्यान तान्नुपर्ने थियो । त्यसका लागि बनेको योजनाले न्युरोडको एउटा गल्लीलाई आकर्षक बनाएको छ ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति छाता आकाशमा झुण्ड्याइएका छन् । करिब १५० मिटरको दुरीमा रंगीचंगी छाताले ढाक्नेगरी सडकको छेउछाउमा करिब ३० वटा गमलामा फूलहरु फूलाइएका छन् ।

यसले मानिसहरुलाई निकै लोभ्याएको छ । टिकटक बनाउन र फोटो सेसन गर्न पुग्नेहरु धेरै छन् ।

चितवनमा पनि एक वर्षअघि यही कन्सेप्ट अनुसार ‘अम्ब्रेला स्ट्रिट’को रूपमा पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिएको थियो । काठमाडौंमा सुरु गरिएको यो नयाँ अवधारणाले १० दिनमा नै लोकप्रियता हासिल गरेको संकटा क्लबका सचिव आशिषमान सिंह बताउँछन् । ‘पहिले दैनिक १००० जनाजति आउँथे होला, अहिले दैनिक १० हजारभन्दा बढीले यहाँको अवलोकन गर्ने गरेका छन्,’ सिंह भन्छन्, ‘यसले विस्तारै व्यापार पनि बढाउला ।’

कसरी बन्यो योजना ?

मंसिर महिनाको अन्तिम दिन न्युरोडको तबहाल क्षेत्रका व्यापारीहरुबीचको चिया गफको क्रममा कोरोनाको त्रास कम भए पनि व्यापारले गति लिन नसकेको विषयमा सबैले चिन्ता व्यक्त गरे । व्यापारलाई उत्थान गर्ने भन्ने मतहरु पनि आए । कुराकानीकै क्रममा संकटा क्लबका सचिव सिंहले युरोप जाँदा ‘अम्ब्रेला स्ट्रिट’ देखेको सुनाए । त्यही प्रयोग गर्न अरु पनि सहमत भएपछि ८० हजार रुपैयाँ संकलन भयो ।

र, त्यही दिनदेखि सुरु भयो बाटो सिँगार्ने काम ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति रंगीचंगी छाता झुण्ड्याइएका छन् । करिब ३० वटा गमलामा फूलहरु फुलाइएका छन् ।

त्यही क्षेत्रमा पर्ने एउटा बौद्ध स्तुपालाई पनि रातिमा वार्म लाइटले रंगीचंगी बनाइएको छ । ‘खाली ठाउँ कतै पनि राखिएको छैन, सोही खाली ठाउँलाई व्यवस्थापन गरेर सुन्दरता थप्ने प्रयास गरिएको छ,’ सिंह भन्छन्, ‘दरबारमार्गको जस्तो लाइटिङ गर्न रुख नभएर पोलमै बत्ती बेरेर बाल्न थाल्यौं ।’

यो सडकमा दुईपांग्रे र हलुका चारपांग्रे बाहेक अन्य सवारी प्रवेशमा रोक लगाइएको छ भने अव्यवस्थित पार्किङ हटाइएको छ । बिहान नगरपालिका र दिउँसो क्लबका कर्मचारीले नियमित सरसफाइ गर्ने गरेको संकटा क्लबका सचिव सिंह बताउँछन् । उनका अनुसार अहिलेसम्म ९/१० लाख खर्च भएको छ, जुन क्लब, स्थानीय व्यापारी र नगरपालिका वा वडा कार्यालयले व्यहोरेका छन् ।

      

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑