सुभाय् संवाददाताDecember 5, 2020 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १५ मिनेट
काठमाडौं नम्रता श्रेष्ठ मिस नेपाल बनेका छन्। शनिबार आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेका हुन्। अब उनले मिस वल्र्ड २०२० मा सहभागी हुन पाउने छन् । त्यसैगरी प्रतिस्पर्धामा मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ ताज जितेका छन्। मिस नेपाल विजेता नम्रतालाई शनिबार मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले क्राउन पहिराइ दिएका थिए । ताजसँगै नयाँ मिस नेपाल नम्रताले नगद २ लाख ५ हजार रुपैयाँको नगद पुरस्कार पनि पाएका छन्। यस्तै ब्युटी विथ पर्पस र मिस पपुलर च्वाइस अवार्डको उपाधि भने सन्ध्या शर्माले हात पार्न सफल भए । उपाधिहरुमध्ये मिस हेल्दि नेहा सरकारले , मिस फोटोजेनिक आस्तिका श्रेष्ठले मिस ग्ल्यामर योजना भट्टराईले, मिस स्टाइलिस मेरिसा सिंह सुवालले हात पार्न सफल भए ।
नयाँ मिस नेपाल वर्ल्ड २०२० विजेता नम्रता श्रेष्ठ, मिस नेपाल सुपरनेशनल सिमल कान्यूजिया मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ विजेता घोषणापछि ।
नयाँ मिस नेपाल वर्ल्ड २०२० विजेता नम्रता श्रेष्ठलाई क्राउन लगाइ दिंदै पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ
मिस नेपाल वल्ड २०२० विजेता नम्रता श्रेष्ठ विजेता घोषणा पछि