• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

धर्मकीर्ति बिहारको विस्तारित भवनको शिलान्यास !


सुभाय् संवाददाता December 5, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / धर्मकीर्तिबिहार श्रीघ:मा विस्तारित भवनको शिलान्यास गरिएको छ । आज शनिबार काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा धर्मकीर्तिबिहारको विस्तारित भवनको शिलान्यास गरिएको हो ।
शिलान्यासको अवसरमा बिहारमा एक सामान्य कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाडौं महानगर पालिका भित्र रहेका सम्पदाको निर्माण , जिर्णोद्धार तथा पुन: निर्माण कार्यमा महानगरले आवश्यक प्रक्रिया पुर्‍याइ सहयोग गरिरहेको बताउँदै आज शिलान्यास गरिएको विस्तारित भवनको उद्घाटन आफनै कार्यकालमा गर्न पाउने आशा व्यक्त गरे । उनले निर्माण कार्य गर्दा उपभोक्ता समिती पनि सक्रिय हुनुपर्ने भन्दै यसरी उपभोक्ता सक्रिय भइदिंदा ठेकेदारहरुले लापरबाही गर्न नसक्ने र समयमै निर्माण सम्पन्न हुने बताए । यसका लागि आवश्यक सहयोग गर्न महानगर पालिकाका वडा समितिहरु तथा सम्बन्धित बिभाग तयार रहने पनि उनले बताए । उनले रामग्राम नगर पालिकासँग  भगिनी सम्बन्ध कायम गरि त्यहाँ पनि डेढ   करोडको लागतमा  बन्न लागेको  बिहारको लागि काठमाडौं महानगर पालि काले मद्दत गरेको स्मरण गरेे । “हामीले कमाएकोमध्ये केही भाग दान दिनुपर्ने मान्यता अनुसार यसरी लुम्बिनी र रामग्राममा समेत बिहार निर्माण कार्यमा महानगर पालिकाले सक्दो  आर्थिक सहयोग गरेका छौं” उनले बताए ।
गत बर्ष मात्र लुम्बिनीस्थित बज्रयान बिहार निर्माणका लागि पनि महानगरले आर्थिक सहयोग गरेको थियो ।
बिहार प्रमुख धम्मावती गुरुमांले काम गरेपछि त्यसको आलोचना गर्नेहरू पक्कै हुन्छन् । भगवान बुद्धले भन्नुभएको छ कसैले आलोचना गरे, प्रशंसा गरे त्यसलाई नै प्राथमिकता दिएर दुख हुने र खुशीले उफ्रिनु भन्दा कार्यक्षेत्रमा अटल भई लाग्नुपर्ने बताए ।
कार्यक्रममा थेरबाद बौद्ध परम्परा अनुसार शुभ कार्य गर्नु अगाडि परित्राण पाठ गर्ने परम्परा अनुसार परित्राण पाठ गरिएको थियो ।                                                                                  कार्यक्रममा बिहारका सदस्य अगम्यरत्न कंसाकारले स्वागत मन्तव्य राखेका थिए भने अमृत ताम्राकारले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा कामपा वडा नं १७ तथा वडा नं २५ का वडा अध्यक्षहरु नवीन मानन्धर , निलकाजी शाक्य लगायतका व्यक्तिहरु अतिथिका रूपमा सहभागी भएका थिए ।
विस्तारित विहारको भवनको लागत ४ करोड रहेको र यसको १५ प्रतिशत बिहारको उपभोक्ता समितिले ब्यहोर्नेछ भने ८५ प्रतिशत महानगर पालिकाले ब्यहोर्ने छ ।
यसैक्रममा पहिलो चरणमा ८५ लाख महानगर पालिकाले सहयोग प्रदान गरेको छ ।

सम्बन्धित पोस्ट
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑