काठमाडौं / धर्मकीर्तिबिहार श्रीघ:मा विस्तारित भवनको शिलान्यास गरिएको छ । आज शनिबार काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा धर्मकीर्तिबिहारको विस्तारित भवनको शिलान्यास गरिएको हो ।
शिलान्यासको अवसरमा बिहारमा एक सामान्य कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाडौं महानगर पालिका भित्र रहेका सम्पदाको निर्माण , जिर्णोद्धार तथा पुन: निर्माण कार्यमा महानगरले आवश्यक प्रक्रिया पुर्याइ सहयोग गरिरहेको बताउँदै आज शिलान्यास गरिएको विस्तारित भवनको उद्घाटन आफनै कार्यकालमा गर्न पाउने आशा व्यक्त गरे । उनले निर्माण कार्य गर्दा उपभोक्ता समिती पनि सक्रिय हुनुपर्ने भन्दै यसरी उपभोक्ता सक्रिय भइदिंदा ठेकेदारहरुले लापरबाही गर्न नसक्ने र समयमै निर्माण सम्पन्न हुने बताए । यसका लागि आवश्यक सहयोग गर्न महानगर पालिकाका वडा समितिहरु तथा सम्बन्धित बिभाग तयार रहने पनि उनले बताए । उनले रामग्राम नगर पालिकासँग भगिनी सम्बन्ध कायम गरि त्यहाँ पनि डेढ करोडको लागतमा बन्न लागेको बिहारको लागि काठमाडौं महानगर पालि काले मद्दत गरेको स्मरण गरेे । “हामीले कमाएकोमध्ये केही भाग दान दिनुपर्ने मान्यता अनुसार यसरी लुम्बिनी र रामग्राममा समेत बिहार निर्माण कार्यमा महानगर पालिकाले सक्दो आर्थिक सहयोग गरेका छौं” उनले बताए ।
गत बर्ष मात्र लुम्बिनीस्थित बज्रयान बिहार निर्माणका लागि पनि महानगरले आर्थिक सहयोग गरेको थियो ।
बिहार प्रमुख धम्मावती गुरुमांले काम गरेपछि त्यसको आलोचना गर्नेहरू पक्कै हुन्छन् । भगवान बुद्धले भन्नुभएको छ कसैले आलोचना गरे, प्रशंसा गरे त्यसलाई नै प्राथमिकता दिएर दुख हुने र खुशीले उफ्रिनु भन्दा कार्यक्षेत्रमा अटल भई लाग्नुपर्ने बताए ।
कार्यक्रममा थेरबाद बौद्ध परम्परा अनुसार शुभ कार्य गर्नु अगाडि परित्राण पाठ गर्ने परम्परा अनुसार परित्राण पाठ गरिएको थियो । कार्यक्रममा बिहारका सदस्य अगम्यरत्न कंसाकारले स्वागत मन्तव्य राखेका थिए भने अमृत ताम्राकारले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा कामपा वडा नं १७ तथा वडा नं २५ का वडा अध्यक्षहरु नवीन मानन्धर , निलकाजी शाक्य लगायतका व्यक्तिहरु अतिथिका रूपमा सहभागी भएका थिए ।
विस्तारित विहारको भवनको लागत ४ करोड रहेको र यसको १५ प्रतिशत बिहारको उपभोक्ता समितिले ब्यहोर्नेछ भने ८५ प्रतिशत महानगर पालिकाले ब्यहोर्ने छ ।
यसैक्रममा पहिलो चरणमा ८५ लाख महानगर पालिकाले सहयोग प्रदान गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५