पोखरा / पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएपछि पोखराबासी चिन्तित बनेका छन् । आज पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको जनाइएको थियो ।
कोरोना संक्रमण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न मृत्यु भएको छ। सोही अस्पतालमा शुक्रबार बिहान कोरोनाबाट पोखरा महानगरपालिका–१३ का ५५ वर्षीय पुरुषको निधन भएको छ ।त्यसैगरी आज बिहान नै गण्डकी मेडिकल केलजमा पोखरा महानगरपालिका– ८ का ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ। पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–९ का ६८ वर्षीय कोरोना संक्रमित पुरुष र पोखरा महानगरपालिका– २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति निधन भएको छ।
त्यस्तै, शुक्रबार विहान म्याग्दे गाउँपालिका–४, तनहुँका ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। ३ मंसिरमा कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा निधन भएको बताइएको छ ।
यसरी एकैदिनमा सातजना व्यक्तिको कोरोनाका कारण मृत्यु भएपछि पोखराबासी अझ सचेत भएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५