• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार


सुभाय् संवाददाता November 15, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २७ मिनेट

काठमाडौं । अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका बीच उनले करेसाबारीको फर्सीको स्याहारसुसार निकै गरे । दिनमा १० पटकसम्म सिँचाइ गर्ने तथा दिनको २ पटकसम्म मल हाल्ने काम गरे उनले । उनको मेहेनतको फल निकै मौलायो । अर्थात् करेसाबारीको एउटा फर्सी भिमकाय आकारमा बढ्यो ।

४० वर्षका गाइन्जरले आफ्नो करेसाबारीको भिमकाय फर्सीलाई क्यालिफोर्नियाको हाफ मुन बेमा हुने वार्षिक फर्सी प्रतियोगितामा सहभागी गराउने निधो गरे । त्यसपछि उनले उक्त फर्सीलाई ट्रकमा हालेर ३५ घण्टाको यात्रा गराएर हाफ मुन बे मा ल्याए । ४७ औँ विश्व फर्सी च्याम्पिएनसीपमा उनको फर्सीले अन्ततः सबैभन्दा वजनदार फर्सीको उपाधि जित्यो । उनको फर्सी २३ सय ५० पाउण्ड अर्थात् १ हजार ६६ किलो तौलको रहेछ ।
लामो यात्रा गरेर फर्सीलाई प्रतियोगितास्थलसम्म लैजाँदा आफूले बाटोभरी नै फर्सीले जित हात पार्ने कल्पना गर्ने गरेको र अन्ततः त्यो यथार्थमा परिणत भएको उनको भनाइ छ ।
गाइन्जरले स्थानीय एनोका टेक्निकल कलेजमा वागवानी विषय पढाउने गर्दछन् । उनले आफ्नो किशोरावस्थादेखि नै घरको करेसाबारीमा फर्सी फलाउने गरेका छन् । उनका बुवाले पनि फर्सीको खेती गर्दथे ।
यो पटक पहिलो पटककै सहभागितामा आफूले फलाएको फर्सीले जित हात पारेपछि मख्ख परेका गाइन्जरले अर्को वर्षको प्रतियोगितामा भाग लिने वा नलिने कुनै निर्णय गरेका छैनन् ।
फर्सी प्रतियोगितामा जित हात पारेसँगै उनले १६ हजार ४५० अमेरिकी डलर रकम पाएका छन् । अर्थात् फर्सीको प्रतिपाउण्ड ७ डलर उनले कमाएका छन् ।
स्मरण रहोस् ४० वर्षदेखि क्यालिफोर्निया हुँदै आएको उक्त प्रतियोगितामा सहभागी भएका अहिलेसम्मकै फर्सीमध्ये गाइन्जरको फर्सी दोश्रो सबैभन्दा ठूलो फर्सी बनेको छ । यद्यपि अमेरिकामा अहिलेसम्म फलेको सबैभन्दा ठूलो फर्सी भन्दा उनको फर्सीको तौल उल्लेख्य रुपमा कम छ । सन् २०१८ मा न्युह्याम्पसाएरमा अहिलेसम्मकै ठूलो ११ सय ३४ किलोको फर्सी फलेको थियो ।
जबकी विश्वमै अहिलेसम्मको सबैभन्दा ठूलो फर्सी चाहिँ बेल्जियममा फलेको छ । सन् २०१६ मा जर्मनीमा आयोजित युरोपेली फर्सी प्रतियोगितामा जित हात पारेको उक्त फर्सीको तौल ११ सय ७९ किलो थियो ।
–एजेन्सी
सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑