• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

अझ भयावह अवस्था धान्न तयार पार्ने भोगाइ


सुभाय् संवाददाताNovember 14, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ९० मिनेट
सागर बुढाथोकी
काठमाडौं / कोरोना महामारीमा खट्दाको सबभन्दा अप्ठ्यारो क्षण कुन हो ? ‘आफ्नै हजुरबालाई आफैंले आईसीयूमा राखेर उपचार गर्नु पर्दाको अवस्था ।’
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. कृजन महर्जनले अन्य संक्रमितसँगै आफ्ना हजुरबालाई पनि आईसीयूमा उपचार गर्नुप¥यो ।
 
घरपरिवारमा संक्रमण नसरोस् भनेर होटल क्वारेन्टिनबाट अस्पताल धाइरहेका अन्य स्वास्थकर्मीहरुको भन्दा फरक रह्यो उनको कोरोनाकालीन अनुभव । त्यसो त, उनी पनि होटलबाटै अस्पताल धाइरहेका थिए । ‘तर, हजुरबालाई समुदायबाटै सरेछ’, उनी भन्छन् ।
ललितपुर, ठेचोका महर्जन परिवारमा हजुरबासहित चारजना संक्रमित भए । तीनजना सामान्य रहे पनि ८२ वर्षीय हजुबाको सिकिस्त अवस्थाले पूरै परिवारलाई सतायो ।
उनलाई असोज १७ गते अस्पताल भर्ना गरियो । हजुरबुवालाई आईसीयूमा भर्ना गर्दैगर्दा डा. महर्जनलाई सातमहिना अघिको एउटा क्षण याद आयो । नेपालमा पहिलो पटक टेकु अस्पतालमा कोरोना भाइरस देखियो भनेको सुनेपछि हजुरबुबाले भन्नुभएको थियो, ‘डाक्टरलाई अस्पताल नजा भन्न त मिलेन, तर ख्याल गरेस् है, कोरोनाका धेरै बिरामी त्यही आउँछन् रे ।’
‘त्यतिबेला मैले ‘केही हुन्न, ढुक्क हुनुस्’ भन्न सकेको थिइनँ’, डा. महर्जन भन्छन्, ‘तर संक्रमणसँग लडिरहेका हजुरबाले मलाई केही हुन्न केटा, ढुक्क हो’ भन्नुहुन्थ्यो ।’
हजुरबाको आत्मविश्वास गजबको थियो । तर उनलाई भने हजुरबाको उपचार अवधिभर अस्पतालमा कोरोनाको पहिलो केस हेर्दा लागेको डर दोहोरिरह्यो ।
जब १० दिनपछि हजुबुवा डिस्चार्ज भए, उनले राहतको सार फेरे ।
‘एउटा ठूलो डरबाट मुक्त भएको थिएँ म,’ उनी सम्झन्छन्, ‘आफ्नै मान्छेलाई आईसीयूमा उपचार गर्नु चिकित्सकको लागि सकस क्षण हुने रैछ ।’
निको हुन लाग्ने समयले तनाव
सुरुवाती चरणमा युरोपमा धेरै मानिस हताहत हुँदा नेपालमा लक्षण भएका संक्रमित निकै थोरै थिए । संक्रमण भित्रिएको लामो समयसम्म मृत्यु पनि भएको थिएन ।
त्यतिबेला डा. महर्जनलाई अन्य देशमा जस्तो भयावह अवस्था नेपालमा आउँदैन कि भन्ने लागेको थियो । तर असारको पहिलो सातादेखि लक्षणसहितका संक्रमित टेकु अस्पतालमा बढ्न थाले । त्यहीबीचमा देशभरका अस्पतालमा संक्रमित संख्या र मृत्युदर समेत बढ्यो । ‘भेन्टिलेटरको अभाव हुँदा अस्पताल चहार्दाचहार्दै संक्रमितको मृत्यु’ भन्ने समाचारहरु पनि आउन थाले ।
त्यसपछि डा. महर्जनलाई लाग्यो, टेकु अस्पतालमा पनि त्यही कथा दोहोरिनेवाला छ । नभन्दै, क्षमताभन्दा बढी संक्रमित राख्नुपर्ने अवस्था आइहाल्यो । अहिले टेकुमा पाँचवटा क्याबिनसहित २५ बेडको आइसोलेसन सेन्टर भरिभराउछ । २० बेडको आईसीयू र ६ बेडको भेल्टिलेटर पनि ‘प्याक’ छ । कहिले बेड खाली होला र अर्को बिरामी राखुँला भनेर पर्खिनपर्ने अवस्था छ ।
सुरुका दिनहरुमा अरुलाई जस्तै डा. महर्जनलाई पनि आइसोलेसन वार्डमा जाँदा डर लाग्थ्यो । पीपीई, मास्क ‘पर्फेक्ट’ भए–नभएको जाँचेर मात्र बिरामी नजिक पर्थे ।
अहिले डर हराएको छ, बिहानदेखि रातिअबेरसम्म आत्मविश्वासका साथ खटिरहेका छन् । ‘आपतकालमा जमेरै काम गरेका छौं, तर बेड नभएर बिरामी फर्काउनु पर्दा बडा दुःख लाग्छ,’ डा. महर्जन भन्छन्, ‘गम्भीर अवस्थाका संक्रमितहरुलाई निको हुन समय लाग्ने भएकाले अर्को तनाव छ ।’
संक्रमित बढेअनुसारै निको हुने समय पनि छोटिए सजिलो हुन्थ्यो जस्तो लाग्छ उनलाई । भन्छन्, ‘संक्रमित व्यवस्थापन गर्न नसक्दा हुने क्षतिसम्झदा यस्तो लाग्छ, तर लागेर के गर्नु !’
गत साता उपत्यकाको एक अस्पतालबाट अत्यन्तै सिकिस्त संक्रमित रिफर भएर टेकु आए । अक्सिजन सपोर्ट नदिए उनको ज्यान खतरामा थियो, तर अस्पतालमा बेड खाली थिएन । जेनतेन अक्सिजन मिलाएर बिरामीलाई बचाउन सकेको बताउँदा डा. महर्जनको अनुहारमा खुशी छचल्किन्छ । ‘गभ्भिर केस आउँदा आपतै पर्छ, बिरामी फर्काउँदा बाटोमै बित्लान् कि भन्ने डर हुन्छ’, उनी भन्छन्, ‘यस्तो केस आउँदा ड्युटीमा नहुँदा पनि दौडिँदै अस्पताल आउनुपर्छ ।’
आइसोलेसन ड्युटी : फलामको चिउरा
अस्पतालमा पूर्वाधार मात्र मात्र होइन, जनशक्ति पनि कम हुँदा धेरै तनाव लिन परेको डा. महर्जन बताउँछन् ।
उनकाअनुसार पर्याप्त जनशक्ति नहुँदा संक्रमितलाई काउन्सिलिङ गर्न पनि भ्याइनभ्याइ छ । हुन पनि बिहान उठेदेखि सुरु हुने स्वास्थ्यकर्मीहरुको दैनिकी राति अबेर मात्र सकिन्छ । पेशागत जिम्मेवारीसँगै परिवारको चिन्ता पनि छ । ‘कोभिडकालमा सबै खालको तनाव भोगिसक्यौं’, टेकु अस्पतालका डा. महर्जन भन्छन्, ‘यो भोगाइले अझ भयावह अवस्थाको सामना गर्न तयार पारेको छ ।’
 
कहिलेकाहिँ दिनभर पीपीईमै बस्नुपर्छ । पीपीईमा बस्दा बाथरुम जान गाह्रो हुन्छ । सजिलो उपाय पानी नखाई बस्नु हुन्छ तर पीपीईमा अत्यन्तै गर्मी महसुस हुनाले आइसोलेसन ड्युटी फलामको चिउरा सरह बनेको डा. महर्जन बताउँछन् ।
आईसीयू, इमर्जेन्सी र आइसोलेसन तिनै विभागमा खट्ने उनलाई सबभन्दा गाह्रो इमर्जेन्सीमा लाग्छ । इमर्जेन्सीमा एक त सिकिस्त बिरामीहरु आउँछन् । एकदमै अत्तालिएर आउने भएकाले काउन्सिलिङ र व्यवस्थापन गर्न गाह्रो हुने उनी बताउँछन् ।
‘कोही सिकिस्त भएपनि केही नभएकोजस्तो शान्त हुन्छन्, कोही लक्षण नभए पनि अत्तालिएका हुन्छन्’, उनी भन्छन्, ‘आईसीयूमा कोही गम्भीर भए पनि अब ठीक भो घर जान्छौं भन्छन्, कोही ठीक हुँदा पनि समाजको डरले जान मान्दैनन् ।’
कोरोना संक्रमितको उपचारमा खटिँदा यस्ता धेरै अनुभव बटुलेका छन् डा. कृजन महर्जनले । इन्टरनल मेडिसिनका एमडी महर्जन भन्छन्, ‘संक्रमितहरुको उपचारमा खट्दाको तितामिठा धेरै भोगियो । अब त यसमा बानी नै पर्यो भन्दा हुन्छ ।’
साभार :अनलाईनखबर
सम्बन्धित पोस्ट
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • नेपाली सर्जकहरू:  अन्त्यमा चन्दा उठाउन किन बाध्य हुन्छन्?
  • विश्व नेवा संगठन किन ?
  • “का वल वल!”
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑